लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार– प्रसार कार्यालय उद्घाटन
Monday, October 17th, 2022, 10:16 pm
Kalpristha
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर बाँके क्षेत्र नम्बर ३(ख)को बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ ।
बाँके क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका किशोर सिंह राठौर, बाँके क्षेत्र नम्बर ३(ख) उम्मेदवार बादशाह कुर्मी, बाँके क्षेत्र नम्बर ३(क) बाट उम्मेदवार बनेका आइपी खरेल, माओवादी केन्द्र बाँके संयोजक एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, नेपाली कांग्रेसका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सल्लाकार मोबिना खातुन लगायतले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन ।
लोकतान्त्रिक बाम गठबन्धनले जानकी गाउँपालिकामा स्थापना गरिएको प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेको छ ।
कार्यालयको उद्घाटन समारोहमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौंर, क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका बादशाह कुर्मी, माओवादी केन्द्र बाँके संयोजक एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सल्लाकार मोबिना खातुन, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ सभापति मोहम्मद नक्की खाँ, माओवादी केन्द्र बाँके क्षेत्र नम्बर ३(ख) संयोजक एवम् निर्वाचन परिचालन कमिटिको सह–संयोजक रक्षाराम बर्मा, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३(ख) सभापति एवम् प्रचार प्रसार समिति संयोजक राजेन्द्र आर्चाय, नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्ट, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मीनारायण शाह लगायतले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउँदैं देशको समृद्धका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।