को हुन दल बहादुर सुनार
Tuesday, October 18th, 2022, 1:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ कात्तिक
दल बहादुर सुनार २०३८ सालदेखी कम्युनिष्ट राजनितिमा सक्रिय भएर लागेका नेता हुन । नेकपा एमालेबाट उनी २०६४ सालमा समानुपातिक कोटाबाट सभासद बनेका थिए । भलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६८ सालमा सुनारले सिंचाई राज्य मन्त्री हुने अवसर पाएका थिए । दोस्रो पटक २०७० सालमा संविधान सभाको निर्वाचन हुँदा सदस्यमा निर्वाचन भएका थिए ।
त्यसपछी भने उनी एमालेपार्टी भित्रको आन्तरिक गुटगत खेलको सिकार हुन पुगेका थिए । एमालेमा हुँदा माधव कुमार नेपाल समुह निकट मानिने सुनारले २०७४ सालको आम निर्वाचनमा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने प्रयास गरेका थिए ।
उम्मेदवार छनोटमा सर्वसम्मत हुन नसकेपछि एमाले बाँके क्षेत्र नम्बर ३ को कमिटिले निर्वाचन सम्म गर्नु परेको थियो । उम्मेदवार छान्न चुनाव हुँदा नन्दलाल रोकाय पहिलो, कमल बस्नेत दोस्रो र सुनार तेस्रो भए ।
पछि रोकायले प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि उनले बैजनाथ गाउँपालिका अध्यक्षको उम्मेदवारी दिने चर्चा चलेको थियो । तर गठबन्धन कारण उनले उम्मेदवारी दिएका थिएका थिएनन ।
एमालेभित्र बिद्रोह गर्दै माधव कुमार नेपाल समुहले नयाँ पार्टी खोलेपछि उनी एकिकृत समाजवादीमा प्रवेशमा गरेका थिए ।