दुई दिने ब्यक्तित्व विकास परामर्श तालिम शुरु
Tuesday, October 18th, 2022, 5:55 pm
Kalpristha
आजबाट नेपालगन्जमा दुई दिने ब्यक्तित्व विकास परामर्श तालिम शुरु भएको छ ।
सामुदायिक सशक्तिकरण तथा रुपान्तरण कमिट नेपाल बाँकेको आयोजना तथा कोम ईन्टरनेशलको सहयोगमा तालिम गरिएको हो ।
उज्वल भविष्यको आधार, ब्यक्तित्व विकास, गुणस्तरिय शिक्षा र रोजगार भन्ने नाराका साथ तालिम सुरुवात गरिएको छ ।
तालिममा कमिट नेपाल बाँकेको छात्रवृत्तिमा माध्यमिक र उच्च शिक्षा अध्ययनरत २५ जना किशोरीहरुको उपस्थिति रहेको छ ।
सल्यान, दाङ्ग, बाँके र बर्दिया गरि चार जिल्लाका बादि समुदायका यौन शोषणको जोखिममा रहेका युवतीहरुको ब्यक्तित्व बिकास गरि सक्षम बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कमिट नेपाल बाँकेका कार्यकारी निर्देशक केशव नेपालीले बताए ।
वर्तमान अवस्थामा भविष्यलाई लिएर किशोरीहरुलाई मनोसामाजिक परामर्श तथा ब्यक्तित्व विकासको ज्ञान आवश्यक पर्ने भएकाले तालिम प्रभावकारी हुने नेपालीले बताए ।
सहभागीहरुलाई तालिम अवधिभर भविष्य निर्माण, मनोसामाजिक परामर्श, महिला स्वास्थ्य, आत्म सुरक्षा लगायतका बारेमा प्रशिक्षक अबिकेल तामाङ र थिरु तामाङले प्रशिक्षण हुने आयोजकले जनाएको छ ।