म अरुजस्तो नेता होइन, जे बोल्छु त्यो पुरा गरेर देखाउँछु: राठौंर
Wednesday, October 19th, 2022, 9:28 pm
Kalpristha
सौरभ राना
खजुरा, २ कात्तिक
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेवार बनेका किशोर सिंह राठौरले खजुराको विकासका लागि आफुले इमानदार भएर काम गर्ने बताएका छन् ।
बुधबार खजुरा गाउँपालिका वडा नम्बर २ मा भएको लोकतान्त्रिक बाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौंरले आफुले बोलेका कुरा पुरा गर्ने बताए । नेपाली कांग्रेस सह–महामन्त्री समेत रहेका नेता राठौंरले भने,‘म अरुजस्तो झुट बोल्ने, ढाट्ने नेता होइन । म जे भन्छु त्यो गर्छु ।
मलाई जिताएर पठाएपछि विश्वास गर्नुहोस मैले जे कुरा गरेको छु, त्यो पुरा गर्छु । तपाईका बिच प्रतिवद्धता गरेका कुरा पुरा गर्न सकिन भने म अर्को पटक तपाईसँग भोट माग्न आउँदिन ।’
नेता राठौंरले भने, ‘विश्वास नै सबै भन्दा ठुलो कुरा हो । तपाईले म कस्तो नेता हुन भनेर बुझन सक्नु हुन्छ । विगतमा यसक्षेत्रबाट जितेर गएका नेता जनताप्रति उत्तरदायित्व नभएकोले यहाँ विकास हुन सकेन् । म विकास पर्छमा लाग्ने नेता हो । जनताको जीवनस्तरलाई माथि उठाएर देशलाई समृद्ध बनाउनु पर्छ भन्ने नेता हुँ ।’
देशको विकास गर्ने हो भने सरकारको बजेट गाउँ केन्द्रित गर्नु पर्ने उनले धारणा राखे । राठौंरले भने, ‘यस क्षेत्रको ठुलो समस्या रुपमा रहेको परसपुर गौघाट सडक खण्ड र पुल वर्षौ सम्म पुन:निर्माण हुन सकेन् । त्यसलाई म गाउँपालिकासँग मिलेर छिटैं पुरा गर्छु ।’
आगमी मंसिर ४ गते हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवारको रुपमा राठौंरले प्रतिनिधि सभा, क्षेत्र नम्बर ३(ख) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका बादशाह कुर्मी र प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ३(क)बाट माओवादी केन्द्रका आइपी खरेलले प्रतिस्पर्धा गर्दैछन् ।
प्रदेश सभा सदस्यका उम्मेदवार बादशाह कुर्मीले खजुरा क्षेत्रको विकासमा विगतको नेतृत्वले लापरबाही गरेका कारण खजुराका जनताले दुख पाइरहेको बताए । उनले भने,‘मैले विगतमा पनि यस क्षेत्रबाट चुनाव लडेको छु । थोरै अन्तरले मैले चुनाव हारे । तर म सधैं जनताको पक्षमा छु । हामीलाई जालझेल गर्न आउँदैन । झुठो कुरा बोलेर हामी भोट माग्दैनौं । जे कुरा भन्छौं त्यो पुरा गरेर देखाउँछौं ।’
माओवादी केन्द्र बाँके संयोजक एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले संसदलाई दुई पटक सम्म भंग गर्ने प्रयास गर्दै देशमा निरंकुश व्यवस्था लाद्ने पार्टीलाई जनतालाई निरुत्साही बनाउने बताए ।
कार्यक्रममा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य तथा बाँके उपाध्यक्ष भद्र प्रसाद देवकोटा, नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मनारायण शाह, नेपाली कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन प्रनितिधि एवम् खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, माओवादी केन्द्र खजुरा गाउँपालिका सचिव धनीराम ओली, नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर २ सभापति अमर रावतले सम्बोधन गरेका हुन् ।