स्वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री ‘अथक’को भेटघाट
Thursday, October 20th, 2022, 2:45 pm
Kalpristha
नेपालगन्ज : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहिबार पोखरा महानगरपालिका १० माटेपानी स्थीत थापाको घरमा पुगेका थिए । मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुणर् श्रद्धाञ्जली दिदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । “खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठुलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु” -मन्त्री गहतराजले भने ।
………….
सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेक सहित मरनोपरान्त स्वणर् पदक प्रदान गरेका थिए । पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिवद्दता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निणर्य गर्ने बताए । प्रतियोगिता अन्तरगत आइतबार बिहान पोखराको सराङकोटमा ’क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । बिभागिय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव १ सय मिटर उचाईबाट खसेका थिए ।