संविधान रक्षाका निमित्त अहिलेको गठबन्धन जरुरी : राठौंर
Friday, October 21st, 2022, 7:17 pm
Kalpristha
सत्तामा जानको लागि मात्रै नभई लामो संर्घषबाट प्राप्त भएको संविधान जोगाउन पनि अहिलेको गठबन्धन जरुरी रहेको नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शुक्रबार नेपाली काँग्रेस बाँके प्रचार–प्रसार समितिद्वारा पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बाँके क्षेत्र नम्बर– ३ बाट प्रतिनीधी सभा सदस्य उम्मेदवार समेत रहेका नेता राठौंरले २००७ साल बाट सुरु भएको संविधान निर्माणको संर्घष जनताको चेतनाको विकास संगै दशकौं पछि मात्रै संविधान निर्माणमा सफल भएको कुरा उल्लेख गरे ।

….
संविधानको रक्षा र कार्यान्वयन तथा लोकतन्त्रको सुदृढीकरणका लागि गठवन्धनका उम्मेदवार जिताउनु बाहेकको विकल्प नरहेको बताउंदै नेता राठौंरले विगतमा माओवादी तथा काँग्रेस भित्रकै आन्तरिक मतभिन्नता बिर्सिएर गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए । नेता राठौंरले टिकट वितरण लगायतकामा भएका असन्तष्टीको समिक्ष गरिने बताउदै गठबन्धन भएको अवस्थामा एकले अर्कोलाई मत हाल्नै पर्ने राष्ट्रिय आवश्यक्तालाई मतदाताले स्वीकार्न आग्रह गरे । मधेशी, थारु, दलित, महिलाको हक अधिकारको सुनिश्चताका लागि पनि काँग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको नेता राठौंरले जिकिर गरे ।
कार्यक्रममा बाँके क्षेत्र नम्बर–२ का प्रतिनीधि सभा सदस्य उम्मेदवार सुदीप नरसिंह राणा, बाँके क्षेत्र नम्बर–३ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार बादशाह कुर्मी, क्षेत्र नम्बर–२ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार राजकुमार बर्मा, क्षेत्र नम्बर–१ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु, बाँके क्षेत्र नम्बर–२ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल लगायतले प्रचार प्रसारको अवस्था बारे प्रकाश पार्दै गठबन्धनको पक्षमा माहोल बनाउन आह्वान गरेका थिए ।
प्रचार–प्रसार समिति संयोजक गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कृष्ण कार्की लगायतले आफ्ना धारणा राखेका थिए । प्रचार–प्रसार समिति सचिव उमा थापाले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।