चाडपर्वमा ट्राफिक व्यवस्थापन फितलो
Saturday, October 22nd, 2022, 11:10 am
Kalpristha
नेपालगन्जको सदरलाईन, त्रिवेणीमोड, घरबारी टोल, त्रिभुवन चोक, न्युरोड देखी धम्बोझी सडकमा ट्राफिक जाम हुने गरेको छ । त्यस क्षेत्रमा राखिएका स–साना पसललाई व्यवस्थित गर्न नसक्दा पनि मानिसलाई हिडडुल गर्न अप्ठयारो पर्दै आएको छ ।
चाडपर्वको बेला मानिसको धेरै भिडभाड हुने क्षेत्र हो नेपालगन्जको सदरलाईन । यहाँ चाडपर्वको बेला किनमेल गर्न आउने मानिसका बाक्लो उपस्थिती रहने गर्छ । जसका कारण सडकमा सहज रुपमा हिडडुल गर्न समेत समस्या हुने गरेको छ । चाडपर्वमा सदरलाईन क्षेत्रको मुख्य समस्या हो ट्राफिक व्यवस्थापन । तर सडकको बिचमा राखिएका पसलहरुले मानिसलाई हिडडुल गर्न थप समस्या हुदैं आएको छ । चाडपर्वको बेला ट्राफिक व्यवस्थापन समेत फितलो हुने गरेको देखिन्छ नगरभित्रका मुख्य व्यापारिक टोलहरुमा ।
पर्वको बेला स–साना व्यापारीले अस्थायी पसल राखेर आर्थिक आर्जन गरिरहेका छन् । त्यसले स्थानीयलाई केही फाईदा त हुने गर्छ, तर ट्राफिक व्यवस्थापन भने मानिसलाई हैरान बनाउने गर्छ ।
यसपटक दशौंको बेला जिल्ला ट्राफिक कार्यालय बाँकेले सदरलाईन देखी न्युरोड आउने बाटोमा तिन पाङग्रे र चारपाङग्रे सवारी साधन आवात जावतमा रोक लगाएको थियो । तर त्यसलाई पुर्ण रुपमा पालना गराउन नसक्दा ट्राफिक जाम हुने समस्या देखिएको थियो । जसले सदरलाईन, त्रिभुवन चोक लगायतका स्थानमा किनमेल गर्न जाने मानिसलाई हिडडुल गर्न समेत असहज भएको थियो ।
नेपालगन्ज उप–महानगरपालिका र ट्राफिक प्रहरीले भिडभाडलाई कम गर्ने प्रयास गरेपनि त्यो अझै प्रभावकारी देखिएको छैन । नेपालगन्जको सदरलाईन, त्रिवेणीमोड, घरबारी टोल, त्रिभुवन चोक, न्युरोड देखी धम्बोझी सडकमा ट्राफिक जाम हुने गरेको छ । त्यस क्षेत्रमा राखिएका स–साना पसललाई व्यवस्थित गर्न नसक्दा पनि मानिसलाई हिडडुल गर्न अप्ठयारो पर्दै आएको छ । त्यसमा पनि अझ सडकको बिचमा राखिएका पसलले व्यवस्थापनमा थप समस्या सृजना गरिरहेका छन् । जसका कारण पैदलयात्रु तथा सवारी साधनहरुलाई सहज रुपमा आवत–जावतमा बाधा पुगिरहेको हुन्छ ।
यतिखेर बजारमा अस्थायी पसल राख्नको लागि चाहिने सामग्रीहरु जथाभावि सडकमा फालेको देख्न सकिन्छ । जसले गर्दा बजारमा किनमेल गर्न आएका उपभोक्तालाई असजिलो बनाईराखेको छ । तर, यसबाट उपभोक्तालाई परेको असरबारे न नगरलाई चिन्ता छ, न त व्यापारीहरुलाई चासो छ । तिहारको लागि किनमेल गर्न बर्दिया बाट नेपालगन्ज आएकी बृन्दा धितालले सदरलाईन क्षेत्रमा किनमेल गर्न जाने निकैं कठिन हुने गरेको बताईन ।
नेपालगन्ज उप–महानगरपालिका उपमेयर कमरुद्विन राईले नगरलाई अलिकति भएपनि राजश्व आउने र गरिवहरुको गुजारा चल्ने भएकोले यसलाई अन्य नजरले हेर्न नहुने बताए । साथै उनले त्यहाँ सन्चालन हुने पसलहरुको नियमित अनुगमन र व्यवस्थित गर्ने प्रयास गरिरहेको बताए । उनले भने, ‘हामीले पसलहरु व्यवस्थित गर्न नगर प्रहरीलई समेत खटाएका छौं । त्यहाँको वन वे मात्र सन्चालनमा छ । हामीले चार पाङग्रे सवारी साधन प्रवेशमा पनि रोक लगाएका छौं ।