नेपालगन्ज–११ को दोस्रो जित
Saturday, October 22nd, 2022, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ कात्तिक
नेपालगन्ज–११ स्पोटिङ क्लबले एन्फा ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपालगन्ज–११ ले शनिबार काठमाडौंमा भएको खेलमा रामेछापको लिखुभुजी क्लबलाई ३–२ ले हराएको छ । नेपालगन्ज–११ को जितमा निशान डाँगी, विनोद केवट र राहुल गुरुङले १–१ गोल गरेका थिए । शनिबारको जितसँगै नेपालगन्ज छनोट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष एवम् टिम व्यवस्थापक घनश्याम थापाले बताए ।
यसअघि मंगलबार नेपालगन्ज–११ ले काठमाडौंको अत्तरखेल युथ क्लबलाई ४–० ले हराएको थियो । त्यतिबेला नेपालगन्ज–११ का लागि विकास परियारले २, हर्ष आले र निरज रावतले १–१ गोल गरेका थिए । प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरिरहेको प्रशिक्षक जनक केसीले बताए ।
क्लबका अध्यक्ष एवम् व्यवस्थापक घनश्याम थापाले पहिलो खेल जितेपछि छनोट हुने सम्भावना बढेर गएको बताए ।
नेपालगन्ज–११ टिमबाट प्रबिन सुनार (टिम कप्तान), निराजन जंग शाही (उप-कप्तान), प्रेम बहादुर सुनार, मनिस थारु, लाल बहादुर थाडामगर, निराज रावत, बिनोद केबड, अनिल ब्याम्बो, हर्स बहादुर आले, पृतम बहादुर आले(गोलकिपर), निर्जल शाही(गोलकिपर), सुबास बुढाथोकी, सुदिप गुरुङ, लक्ष्मण राना मगर, राहुल गुरुङ, अमृत कुवँर, विकास परियार, मनोज ओली र निसान डाँगीले खेलिरहेका छन् ।