यू–१५ महिला टोलीको विदाई
Friday, October 28th, 2022, 4:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ११ कात्तिक
बंगलादेशमा हुन लागेको साफ यू–१५ महिला साफ च्याम्पियनसिपका प्रतियोगिता खेल्ने नेपाली टोलीको विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली टोलीको विदाई गरेको हो । प्रतियोगिता खेल्ने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले सफलताको शुभकामना दिदैं विदाई गरे ।
यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुदैछ । प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।
शनिबार बंगलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीले भगवती राना मगरको प्रशिक्षणमा प्रतियोगिता खेल्न लागेको छ ।
नेपाली टोलीको गोलकिपरमा राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल, रक्षकमा सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही रहेका छन् ।
यसैगरी मिडफिल्डरमा सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन छन् । नेपाली टोलीको फरवार्डलाईनमा दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार रहेको एन्फाले जनाएको छ ।