एन्जिला भारतीय आइलिग क्लब सेथुसँग अनुबन्धित
Sunday, October 30th, 2022, 8:34 pm
Kalpristha
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापोले भारतीय शीर्ष डिभिजनको लिग आई लिग खेल्ने भएकी छिन् । भारतीय लिग फुटबलको लागि आई लिग खेलिरहेको सेथु एफसीले एन्जिलालाई अनुबन्धन गरेको हो ।
क्लबसँग निरन्तर छलफलमा रहेकी एन्जिलाको शुक्रबार मात्र क्लबसँग औपचारिक सम्झौता गरेको बताईन् । उनले क्लबसँग एक सिजन खेल्नको लागि करिब ९ महिनाको सम्झौता गरेकी छिन् ।
राष्ट्रिय महिला टिमकी सिनियर खेलाडी समेत रहेकी एन्जिलाकै कप्तानीले नेपालले पछिल्ला महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा खेलेको थियो । एन्जिलाकै कप्तानीमा नेपालले भारतलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । उनै एन्जिलालाई भारतीय क्लब सेथु एफसीले आई लिग खेल्नका लागि अनुबन्ध गरेको हो ।
सेथु एफसीबाटै राष्ट्रिय महिला टिमकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले खेलेका थिए । उनीहरुकै प्रर्दशनका आधारमा क्लबले भारतीय वुमन्स लिगको उपाधि जितेको थियो ।
भारतीय क्लबसँग औपचारिक सम्झौता गरेकी एन्जिलाले आई लिगमा खेल्ने अवसरले आफुलाई थप अनुभवी बनाउने बताईन् ।एन्जिलाको अनुसार उनी घरेलु लिग नभएको अवस्थामा डिसेम्बर भारत तर्फ जानेछिन् ।
उनले डिसेम्बरमा अभ्यास गर्न क्लबले बोलाएको बताईन् ।