फेस अफ नेपालगञ्ज तेस्रो संस्कारणको उपाधी सुभम र अलिसालाई
Sunday, October 30th, 2022, 8:40 pm
Kalpristha
नेपालगञ्ज: फेस अफ नेपालगञ्ज तेस्रो संस्कारणको उपाधी सुभम सलामी मगर र अलिसा नेपालीले पाएका छन् । शनिबार भएको तेस्रो संस्करणको फाईनल प्रतिस्पर्धाबाट सुभम र अलिसा बिजेता बन्न सफल भएका हुन् ।
यसका साथै बिजेता सुभमले मोस्ट मल्टिमिडिया तथा अलिसाले मोस्ट कन्फिडेन्ट र बेस्ट वाकको उपाधी समेत पाए । पिके इभेन्ट प्राईभेट लिमिटेडले आयोजना गरेको तेस्रो संस्करणको फाईनल प्रतिस्पर्धाबाट लक्ष्य बस्नेत र गरिमा भट्टराई फस्ट रर्नरअप बन्न सफल भएका छन् भने पुर्णिमा जिसी र मोनिका टमटा सेकेन्ड रर्नरअप बने ।
प्रतियोगिताको फाईनल इभेन्टमार्फत कृतिका शाह अर्गनाईजर च्वाईस, कृतिमा डंगोल भिव्अर च्वाईस, निश्चल थापा मगर बेस्ट फोटोजेनिक, मोनिका बेस्ट पर्सनालिटी, गरिमा मोस्ट ट्यालेन्ट, कृतिमा शाह मिस दिवा, कृतिमा मोस्ट स्माईल र पुर्णिमा जिसी बेस्ट स्टेज पर्फमेन्सको उपाधी पाए ।
पिके ईभेन्ट प्रालिका प्रमुख प्रकाश कुवरका अनुसार प्रतियोगिता मार्फत कोमल बिसी मोस्ट डिस्प्लीन, सलिना परियार मोस्ट फ्रेन्डली, सरस्वती थापा मगर मोस्ट क्रियाटिभ, कृतिका शाह मोस्ट व्यूटिफुल, लक्ष्य बस्नेत मोस्ट ह्याण्डसम र प्रशंसा बिष्टले मोस्ट अथलेटको उपाधि जितेका छन् ।
बिभिन्न बिद्यामा बिजेता बनेकाहरुलाई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको । प्रतियोगितामा प्लस टु र व्याचलर अध्ययन गर्ने बिद्यार्थीहरुको सहभागिता रहको थियो । प्रतियोगितालाई पहिलो र दोस्रो संस्करणभन्दा परिस्कृत गर्दै फरक बनाइएको थियो ।
गत असोजबाट प्रतियोगिताको तयारीसंगै अडिसन शुरु भएको थियो ।