निर्वाचन सामाग्री व्यवस्थापन गर्दै आयोग
Monday, October 31st, 2022, 8:59 am
Kalpristha
निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री बाँकेमा आउने क्रम जारी छ । निर्वाचन कार्यालय बाँकेका कर्मचारी निर्वाचनमा चाहिने सामानहरु व्यवस्थापनमा सक्रिय भएर लागिरहेका छन् ।

……
निर्वाचनको दिन नजिकिदैं गर्दा आवश्यक पर्ने सामानको जोहो सँगैं मतदाता शिक्षा, अनुगमन, निर्वाचन स्थलको अनुगमन, सुरक्षा व्यवस्थालाई चुस्त बनाउने तयारीमा लागि रहेकाछन् निर्वाचन कार्यालयका कर्मचारी ।
निर्वाचनमा चाहिने मतपेटिका, हेकाबारा, कोरा कपडाको थौलो, नमुना मतपत्र, पोस्टर लगायतका विभिन्न सामाग्रीहरु बाँकेका तिन वटा निर्वाचन क्षेत्रमा पठाइरहेको बताउँछिन निर्वाचन कार्यालय बाँकेकी नायव सुब्बा सबिता शर्मा ।
आइतबार रामलीला मैदान नजिकै रहेको बाँके क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा नायब सुब्बा शर्मा, निर्वाचन कार्यालय बाँकेका सुचना अधिकारी युवराज पन्त, निर्वाचन कार्यालयका अन्य कर्मचारी र सुरक्षाकर्मी काठमाडौंबाट आयोगले पठाएका सामान व्यवस्थापनमा व्यस्त थिए । अन्य केहि सामाग्री आउन बाँकी रहेको छ ।
निर्वाचनमा चाहिने आवश्यक सामाग्रीसँगै यस पटक मतदाता शिक्षा संचालन गर्ने भएकोले त्यसको तयारीमा जुटिरहेको छिन् नायव सुब्बा शर्मा ।
उनले भनिन, ‘स्थानीय तहको निर्वाचनमा बदर हुने मतको संख्या बढि भएकोले यस पटक आयोगले मतदाता शिक्षा वडा तहसम्म गर्ने निर्णय गरेको छ । त्यही अनुसार हामीले बाँकेका आठ वटा स्थानीय तहमा भएका निर्वाचन सम्पर्क व्यक्तिलाई तालिम दिएर मतदाता शिक्षा गर्ने योजना बनाएका छौं ।’
निर्वाचन कार्यालय बाँकेका अनुसार आगामी अबको दुई तिन भित्र आठ वटा स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई एकै ठाउँमा राखेर मतदाता शिक्षा सम्बन्धी अभिमुखिकरण गरिनेछ । अभिमुखिकरणमा सहभागि निर्वाचन सम्पर्क व्यक्तिले हरेक स्थानीय तहका पालिकाबाट एक जनालाई तालिम दिएर निर्वाचन सम्बन्धी मतदाता शिक्षा वडा तहसम्म गएर संचालन गर्नेछन् ।
कात्तिकको १८ गते सम्म नमुना मतपत्र र अन्य आवश्यक सामाग्री सहित प्रत्येक वडामा स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना बनाएको आयोगले । मतदाता शिक्षा करिब १५ दिन सम्म चल्नेछ ।