अभिनेता मुकुन भुसाल नेपालगन्जमा
Monday, October 31st, 2022, 4:50 pm
Kalpristha
मंसिरपछि छायांकनमा जाने नयाँ चलचित्रको लोकेशनको लागि नेपालगन्ज आएका अभिनेता मुकुन भुसालले पत्रकारहरुसंग भेटघाट गरेका छन् ।
सोमबार नेपालगन्जमा एक कार्यक्रम गर्दै मोफसलमा रहेर चलचित्र विटमा काम गरिरहेका पत्रकार संग अभिनेता मुकुनले भेटघाट र अन्तरक्रिया गरेका हुन् ।
मुकुनलाई चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले स्वागत गरेको थियो ।
सो अवसरमा उनले आफ्नो कलाकारिताको यात्रा अनुभव साटेका थिए । यसका साथै उनले नेपालगन्ज शहर पश्चिम क्षेत्रको आर्थिक राजधानी भएका कारण पनि नेपाली चलचित्रले यस ठाँउमा थुप्रै कथाहरु भएको बताए ।
मुगल खाना देखी थकाली खाना सम्मको संस्कृति नेपालगन्ज सित रहेको भन्दै उनले विभिन्न संस्कृति र संस्कारको गज्जवको समिश्रणलाई चलचित्र मार्फत पस्किन सके यसक्षेत्रको विकासमा समेत टेवा पुग्ने र नेपाली चलचित्रले नयाँ उचाई प्राप्त गर्ने दावि गरे ।
फरक प्रसंगमा नेपाली चलचित्रको बजारीकरणमा नेपालगन्जका पत्रकारहरुको महत्वपुर्ण योगदान रहेको बताउदै अभिनेता मुकुनले नेपालगन्ज मै छायांङ्कन हुने आफ्नो नयाँ चलचित्रमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताए ।
तिहार मान्न र नयाँ चलचित्रको लागि लोकेशन हेर्न नेपालगन्ज आएका अभिनेता मुकुन केही दिनदेखि नेपालगन्जमा छन् ।
संख्यात्मक हिसाबले दुई वटा मात्र चलचित्रमा मुख्य भुमिका रहेको ‘बुलबुल’ र ‘झिंगे दाउ’ दुवै राम्रो व्यापार गर्ने चलचित्र हुन् ।