‘नो पार्किङ’ बाट रकम असुल्दैं प्रहरी
Thursday, November 3rd, 2022, 7:25 pm
Kalpristha
ट्राफिक व्यवस्थापनका निमित्त चोकमा खटाईएको प्रहरीहरुको सामुन्ने ‘नो पार्किङ’को साईन बोर्ड राखेकै स्थानमा अटो रिक्साहरु पार्किङ गरेका देख्न सकिन्छ । जसले ‘नो पार्किङ’ लेखिएको संकेतको खिल्ली उडाइरहेको छ ।
धम्बोझि चोक नेपालगन्ज शहरको मुटु हो भन्दा खासै फरक पर्दैन । जस कारण यहाँ स्वभावैले मानीसहरुको चाप हुन्छ । तर, यहाँ गतिलो रुपमा ट्राफिक व्यवस्थापन हुन नसक्दा सहजताका लागि बनाईएका सवारी साधनका कारण नै यात्रुले हैरानी खेप्नु परेको छ । ट्राफिक व्यवस्थापन त झनै भद्रगोल छ ।
ट्राफिक व्यवस्थापनका निमित्त चोकमा खटाईएको प्रहरीहरुको सामुन्ने ‘नो पार्किङ’को साईन बोर्ड राखेकै स्थानमा अटो रिक्साहरु पार्किङ गरेका देख्न सकिन्छ । जसले ‘नो पार्किङ’ लेखिएको संकेतको खिल्ली उडाइरहेको छ । यसमा सरोकारवालाको पनि ध्यान जान सकेको छैन । प्रहरी अधिकारीहरुले यस्ता समस्या सामान्य भएको भन्दैं चासो दिदैंनन ।
ट्राफिक प्रहरीले रिक्सावालासँग अवैध रुपमा रकम माग्ने कारण पनि आफुहरुलाई काम गर्न अप्ठयारो भएको बताउँछन एक अटो चालक । धम्बोझी चोकमा भेटिएका ति रिक्सा चालकले ट्राफिकलाई केहि रकम दिए ‘नो पार्किङ’ मै पार्क गर्न दिने गरेको बताए ।
धम्बोझिमा २ सिफ्टमा गरि ६ जना प्रहरी परिचान गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताए । उनले ट्राफिक व्यवस्थापनमा कुनै कन्जुस्याँई नगरेको भन्दै बेला बेलामा त्यस्तो आरोप लागेपनि पुष्टी भएमा सम्बन्धितलाई कारवार्हि गरिने बताए ।
‘पैसा असुलेको गुनासो हामी कहाँ आएको त हो । तर, त्यहाँ प्रहरी नभई अरुनै कोहि संलग्न भएको र सो विषयमा अनुसन्धान भैरहेको छ,’– ट्राफिक प्रहरी प्रमुख शाहले भने ।
‘चालक संग पैसा असुल्ने ६–७ वटा समुह छन् । जसले अवैध रुपमा अटो चालक संग पैसा असुली रहेका छन् । ति मध्ये केहिलाई हामीले सम्झाएका छौं । भने केहि लाई बाँकी छ । तर, यसमा ट्राफिक प्रहरीको मिलोमतो छ भन्ने कुरा सम्भव छैन,’– उनले थपे ।