जनताले दैनिक सेवा लिदै आएको पशु स्वास्थ्य सेवा, जेष्ठ नागरिक सुरक्षा भत्ता, एम्बुलेन्स सेवा लगायतका सेवा गाउँसभा अबरुद्ध भएपछि ठप्प भएको गाउँपालिका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।
बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभा हुन नसक्दा कार्यालयबाट हुने सेवा प्रभावित भएका छन् । फरक राजनीतिक दलबाट चुनिएका अन्य जनप्रतिनिधिका कारण बारम्बार गाउँसभा तथा कार्यपालिकाको बैठक अबरुद्ध भएपछि डुडुवाका जनता गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।
अरु स्थानीय तहहरुले नगरसभा, गाउँसभा सकेर पनि बजेट बाँडफाँड गरी बिकासका पुर्वाधारको काम अगाडी बढाईरहेका छन् । तर डुडुवा गाउँपालिकामा भने गाउँसभा समेत हुन सकेको छैन । जसका कारण त्यहाँका जनताले गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
पालिकाबाट अवरुद्ध भएका सेवा सुविधाका बारेमा अवधी पत्रकार संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष चौधरीले फरक राजनीतिक दलबाट निर्वाचित व्यक्तिहरुका कारण बारम्बार गाउँसभा अबरुद्ध हुने समस्याबाट त्यहाँका कार्यालय कर्मचारी, बिद्यालयका कर्मचारी लगायत जनताले समेत सास्ती खेप्दै आउँनुपरेको उनले बताए ।
जनताले दैनिक सेवा लिदै आएको पशु स्वास्थ्य सेवा, जेष्ठ नागरिक सुरक्षा भत्ता, एम्बुलेन्स सेवा लगायतका सेवा गाउँसभा अबरुद्ध भएपछि ठप्प भएको गाउँपालिका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा बताए ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा जनताले सहि जनप्रतिनीधि चुन्न नसकेर गाउँपालिकाबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको उनको दावि थियो ।
गाउँसभा र कार्यपालिका बैठक अबरुद्ध भएकै कारण गाउपालिकाको बजेटमा १० प्रतिशत अर्थात २ करोड ५० लाख बजेट कटौती भएर आउने भन्दै जनता समाजवादी पार्टी र एमालेका वडा अध्यक्षले गर्दा पालिकाको गाउँसभा हुन नसकेको अध्यक्ष चौधरीले बताए ।
गाउँसभा हुन नसक्नुको कारण खुलाउँदै उनले ‘कार्यपालिकामा हाम्रा निर्वाचित जनप्रतिनीधिको संख्या जम्मा ३ हो भने विपक्ष पार्टीहरुको संख्या ११ छ । त्यही जमातले नै गाउँ सभाहुन दिएको छैन । जसले गर्दा डुडुवाको समग्र विकासमा बाधा पुगी रहेको छ,’–भने ।
आफुहरुले पाउनुपर्ने सेवा नपाएको भन्दै २ महिना अघि डुडुवावासीले अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् । जसको पेशी मंसिरमा रहेको अध्यक्ष चौधरीले जानकारी दिए । सो सम्बन्धमा राजनीतिक सहमति हुनेमा आफु ढुक्क नरहेको भन्दै अध्यक्ष चौधरीले अदालतको निर्णयबाट भएपनि सो कुराको टुङ्गो लागे आफुहरुलाई काम गर्न सहज हुने बताए ।