स्वच्छ निष्पक्ष स्वतन्त्र र भयमुक्त निर्वाचननै लोकतन्त्रको आधार –सचिव दुवाडी
Thursday, November 17th, 2022, 7:20 pm
Kalpristha
डोल्पा: निर्वाचन आयोगका सचिव दुर्गामर्णि दुवाडीले स्वच्छ निष्पक्ष स्वतन्त्र र भयमुक्त निर्वाचन नै लोकतन्त्रको आधार भएको बताएका छन् ।
स्वच्छ निष्पक्ष स्वतन्त्र भयमुक्त र विश्वसनीय बातावरणमा निर्वाचन नभए लोकतन्त्र नै धरापमा पर्ने भनाई सचिव दुवाडीको थियो ।
स्वच्छ निष्पक्ष भयमुक्त र विश्वसनीय वातावरणमा सबै मिलेर निर्वाचनलाई सम्पन्न गर्नु पर्ने उल्लेख गर्दै यो उद्ेश्य प्राप्तीमा सबैको सकारात्मक सहयोग भएमा मात्रै हामीले खोजेको लोकतन्त्र सुढृृण हुने बताए ।
मङ्सिर ४ मा हुने निर्वाचनका लागि शान्ति सुरक्षाको अन्तिम तयारी मतदान केन्द्र आचारसंहिता उल्लंघनको अवस्था लगायतका विषयमा जानकारी लिन सचिव सहितको ६ सदस्यीय निर्वाचन आयोगको टोली डोल्पा पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा निर्वाचन आयोगको उपस्थितीमा भएको सर्वपक्षिय सर्वदलिय अन्तरक्रियामा आयोगका सचिव दुवाडीले स्वच्छ निष्पक्ष भयमुक्त र विश्वसनीय बातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले कुनै कसुर बाँकी नराख्ने बताए ।
अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज र संचारकर्मिले विगतमा उपल्लो डोल्पामा बुथकब्जा गरेर एकै समुहका ब्यक्लिे मात्र मत खसाल्ने गरेकाले अवका दिनहरुमा त्यस्तो किसिमको वातारणको अन्त्यका लागि आयोग गम्भिर भएर लाग्नु पर्ने सुझाएका थिए ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश बाबुराम सुवेदीले निर्वाचनमा खटिएका कर्मचारीलाई कोही कसैको लोपलालचा र आर्थिक प्रलोभनमा नपरेर कर्तब्य निष्ठ आयोगप्रति बफादार भएर अपाङ्ग असक्त र अन्धा बाहेक अन्यको वारिस मतखसाल्न समेत नदिन निर्देश दिएको बताए ।
निर्वाचन प्रचारप्रसार र घरदैलो अभियानमा आफ्नो पक्षमा मत माग्न उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता विपरित खसी राँगा काट्ने रगतमा औला चोपाउने लगायत रकम समेत वितरण गर्ने गरेको हल्ला आएपनि आधिकारिक रुपमा जानकारी नआएको त्यस्ता खालका अवान्चित गतिविधिको लिखित उजुरी परेमा कारवाहीमा कुनै कसुर बाँकी नराख्ने उल्लेख गरे ।
आयोगका सचिव दुवाडी कर्णाली प्रदेश प्रमुख सचिव गोपीकृष्ण खनाल सहितको ६ सदस्यीय टोली जिल्लाको निर्वाचन सम्बन्धि सम्पुर्ण जानकारी लिएर आजै फर्केको छ ।