बम बिष्फोटमा विप्लवका सैन्य कमाण्डर संलग्न
Thursday, November 17th, 2022, 8:52 pm
Kalpristha
बुधबार राती भएको बम विष्फोट घटनामा संलग्न नेत्रविक्रम चन्द विप्लव कार्यकर्ताबाट प्रहरीले विभिन्न सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उप–महानगरपालीका– १० भृकुटिनगरबाट बिष्फोटक पदार्थ तथा पर्चा पप्लेट सहित नेकपा विप्लव समुहका कार्यकर्तालाई प्रक्राउ गरेको हो । बुधबार प्रहरी टोलीले नेकपा विप्लव समुहका कार्यकर्ता डिल्लि बहादुर डिसी र धर्मराज सुनार सहित बिष्फोटक पदार्थ तथा पर्चा पप्लेट बरामद गरेको हो ।
…..
प्रहरीले उनीहरुबाट एक थान २ लिटरको तयारी अवस्थामा (लाईभ) प्रेसर कुकर बम, नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समुह) का नवौ महाधिवेसन को पर्चा पम्पलेटहरु, अखिल नेपाल राष्टिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी ) सहयोग सम्बन्धमा लेखिएका पर्चा पम्पलेट, सहयोग रसिद, झण्डाहरु, दस्तावेदहरु र छाप लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
धर्मराज सुनार समेतका व्यक्तीहरुले उक्त बिष्फोटक पदार्थ हतारमा लुकाई छिपाई भाग्ने क्रममा विष्फोट हुँदा १ थान प्रेसर कुकर बम पट्कन गई डिल्लि र धर्मराजको हात खुट्टामा चोट लागेको र उनीहरुलाई प्रहरीको प्रत्यक्ष निगरानीमा भेरी अस्पतालको आईसियुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथमा रहेका अन्य व्यक्तिहरुको खोजि भैरहेको जानकारी दिंदै बाँके प्रहरीले डिल्ली अखिल नेपाल राष्टिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी ) बाँके जिल्ला अध्यक्ष र धर्मराज सुनार नेपाल कम्युनिस्ट पार्टी (बिप्लप समुह) को सैन्य कमाण्डर रहेको अनुसन्धान बाट खुल्न आएको बताएको छ ।