उत्साहका साथ मतदानमा सहभागि हुन अध्यक्ष शाहको अपिल
Saturday, November 19th, 2022, 6:17 pm
Kalpristha
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् ।
गाउँपालिकामा रहेका १२ वटा मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै उनले मतदानस्थल तयार पार्ने काम सम्पन्न गरेको बताए ।
अध्यक्ष शाहले नरैनापुरमा भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरिएको छ, त्यसका लागि आवश्यक तयारी पूरा भएको र निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् ।
संविधान कार्यान्वयनको मुख्य कडिको रुपमा लिईएको यो चुनावलाई संबिधान लागु गर्ने अस्त्रका रुपमा बुझ्न समेत अध्यक्ष शाहले सबैलाई अपिल गरेका छन् ।
निर्वाचनमा निर्वाधरुपले सहभागि भई नमुना निर्वाचन बनाउने कार्यमा सहयोग गर्न समेत अध्यक्ष शाहले आग्रह गरेका छन् ।