डुडुवामा सडक योजनाको निमार्ण शुरु
Tuesday, December 27th, 2022, 7:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, १२ पुस
बाँकेको डुडुवा गाउँपालिकाले सबै भन्दा ठुलो सडक योजना कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निमार्णको कार्य शुरु भएको हो ।
सडक निमार्ण पश्चात गाउँपालिकाको वडा नम्बर २ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटाईपुर्वाका करिब साढे तीनसय बढी घरधुरी र नरैनापुर गाउँपालिका केही गाउँका मानिसहरु प्रत्यक्ष लाभ लिनेछन भने खेतबारी गर्नेहरुका लागि पनि सहयोग पुग्नेछ ।
सडकको अभावमा अहिले त्यस क्षेत्रका करिब ६ गाउँका नागरिकहरुलाई आवत जावतका लागि निकै सास्ती हुदै आएको छ । विशेषगरि वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुदै आएको छ । सडकको अभावमा विरामीलाई सदरमुकाम ल्याउन पनि समस्या रहेको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर २ अमृतपुर्वादेखि रामनगर पाझासम्म साढे तीन किलोमिटर पिसिसी सडकको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे ।
शिलान्यास गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको विकट क्षेत्रका बासीका लागि आवत जावतमा सजकताका लागि ठुलो समस्या रहेकाले यो सडक निमार्णपछि ठुलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाकै अति दुर्गम र वाढी डुबानबाट पिडितबासीहरुको सहजकताका लागि सिधा सम्र्पक जोड्न सडक निमार्णको कार्य शुरु भएको भन्दै सडक निमार्णपछि त्यहाँका मानिसहरुलाई सहजता प्रदान गर्ने बताए ।
साढे तीन किलोमिटर पिसिसी सडकसंगै एक वटा कचवे, १५ वटा कल्भर्ट निमार्णको कार्य शुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताए ।
उहाँका अनुसार नारायाणम निमार्ण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६ सय २७ रुपैयाको लागतमा सो सडक निमार्ण गर्नेछ ।
डुडुवा गाउँपालिकाका प्राय सबै वडा बाढीप्रभावित क्षेत्र रहेकाले त्यहाका अधिकास सडक पिसिसी नै उत्तम मानिएकाले सबैजसो सडक पिसीसी नै निमार्ण गरिएको पालिकाका प्राविधिक शाखाका ओभरसिएर मदनेश्वर झाँले बताए । उनका अनुसार पालिकामा निमार्ण भएका अधिकाँस सबै सडकहरु पिसीसी गरिएको छ, भने यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रे भन्दा पनि भरपर्दो रहेकोले उत्तम मानिएको हो ।