१७ मिनेटमा सकियो विवाह
Wednesday, December 28th, 2022, 8:54 pm
Kalpristha
पुर्ण ब्रह्म कविर उपासक समाज नेपालले दाइजो रहित विवाह गर्दै आएको छ । समाजमा भएका सबै प्रकारका कुसंस्कारको अन्त्य गर्ने ध्येयले सन्चालित सो पुर्ण ब्रह्म कविर उपासक समाजको बाँके शाखाले ‘रमैणी विवाह’ गर्दै आएको छ ।
कालपृष्ठ समाचारदाता
कोहलपुर, १३ पुष
यस क्षेत्रमा छोरी जन्मने वित्तिकै आमा–बाबुलाई विवाहमा लाग्ने खर्च र दाइजोको पिर विवाहको झन्झट सुरु हुन्छ । तर, पुर्ण ब्रह्म कविर उपासक समाज नेपालले दाइजो रहित विवाह गर्दै आएको छ । समाजमा भएका सबै प्रकारका कुसंस्कारको अन्त्य गर्ने ध्येयले सन्चालित सो पुर्ण ब्रह्म कविर उपासक समाजको बाँके शाखाले ‘रमैणी विवाह’ गर्दै आएको छ ।
पछिल्ला केहि बर्षहरुमा ५ वटा ‘रमैणी विवाह’ गरिसकेको छ । बुधबार मात्रैपनि समाजले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० राझाका शिवानी बर्मा र भारतको हरियाणा पानिपथका अमित दासको विवाह गरेको छ ।

….
कोहलपुर–११ मा अवस्थित ब्रह्म कविर उपासक समाजको बाँके शाखा आश्रममा भएको विवाहमा पुगेका कोहलुपर नगरपालिकाका जनप्रतिनिधि ईश्वरी प्रसाद विश्वकर्मा र ११ नम्बर वडाका वडा सदस्य तारा परियार लगायतले दाइजो प्रथा उन्मुलनका नित्तित ‘रमैणी विवाह’ एक उत्कृष्ट विवाह सावित हुने बताए । साथै उनीहरुले यस प्रकारको विवाह पनि हुनसक्छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताए ।
खोक्रो आडम्बर भन्दा सादगीपुर्ण र सरल जीवन आफुहरुलाई मनपर्ने भएकाले र हिन्दु धर्मको कुनैपनि शास्त्रमा नलेखिएकोले आफुहरुले छोटो र सरल विधि पुर्वक विवाह गरेको नवदम्पतीले बताए ।