महिलाहरुको सक्रियतामा टोल सरसफाई
Thursday, December 29th, 2022, 5:29 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, १४ पुष
महिला मिलिजुली समूहमा आबद्ध महिला सदस्यहरुले बिहिबार बिहानै नेपालगंजको वडा नम्बर ४ मा अवस्थित बौद्ध गुम्बा परिसर वरपर सरसफाई गरेका छन् ।
बौद्ध गुम्बाको पूर्वी भाग र न्यूँरोड वर पर करिब २ सय मिटर क्षेत्रमा सरसफाई गर्ने क्रममा स्थानीय तथा पैदल यात्रीले प्रयोग गरी जता–तत्रै फालिएका फोहोरजन्य सामाग्रीहरु बोरामा राखी व्यवस्थापन गर्ने काम गरेका हुन् ।

……….
महिला मिलिजुलीका अध्यक्ष कृष्णा कुमारी सिंह ठकुरी सहितको महिला सदस्यहरुको सक्रियतामा टोल सरसफाई गरिएको हो ।
नेपालगंज उप–महानगरपालिका, वडा नम्बर ४ को वडा कार्यालय र बौद्ध गुम्बा व्यवस्थापन समितिसँग समन्वय गरी गरिएको उक्त सरसफाई कार्यक्रमले सबै मिलेर काम गर्दा सहजता हुने सन्देश गएको छ ।
महिलाहरुको सक्रियतामा भएको सरसफाई कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुन आपैंm पनि सरसफाईमा अग्रसर भएका थिए । सरसफाई कार्यक्रममा सहभागि भएका वडा अध्यक्ष पुनले भने,
‘महिला दिदी बहिनीहरुले गरेको सामुदायिक क्रियाकलापहरु प्रभावकारी हुन्छ । सरसफाई दैनिक जीवन र मानव समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसलाई निरन्तरता दिनुपर्छ ।’