ज्ञानोदयमा ‘एमएड’ तहको पढाई हुने
Thursday, December 29th, 2022, 7:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ पुष
बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसले उच्च शिक्षा सुरु गर्ने तयारी गरेको छ । ज्ञानोदयले स्नातकोत्तर तह अन्तर्गत एमएडको पढन पाठन सुरु गर्नका लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत प्राप्त गरेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसकी प्रमुख चरित्रा शाहले बताईन् ।
अब ज्ञानोदयले शैक्षिक सत्र २०७९-०८० देखि पढाई सुरु गर्नेछ । बाँकेमा नमुना विद्यालयका रुपमा आफनो परिचय बनाएको ज्ञानोदय क्याम्पस २०६५ सालमा स्थापना भएको हो ।
ग्रामीण स्तरमा शिक्षा क्षेत्रको स्तर वृद्धिमा योगदान दिदैं आएको ज्ञानोदयलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले २०७९ कात्तिक २१ गते गरेको निर्णय गरे बमोजिम २०७९-०८० देखि ज्ञानोदयलाई उच्च शिक्षा अध्यापन गराउने अनुमती दिएको हो ।
ज्ञानोदयले सुरुआतमा शिक्षा शास्त्र संकाय स्नातकोत्तर तह कक्षा सुरु गर्ने क्याम्पस प्रमुख शाहले बताईन ।
क्याम्पसले विद्यार्थीहरुका लागि माघ १४ गते प्रवेश परीक्षा राखेको छन भने माघ २२ गतेदेखि कक्षा संचालन गर्ने तयारी गरिरहेको छ ।