अंग्रेजी नयाँ वर्षमा सिद्धार्थले विशेष कार्यक्रम गर्ने
Thursday, December 29th, 2022, 7:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ पुष
अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर नेपालगन्जको होटल सिद्धार्थ भ्युले विशेष साँस्कृतिक कार्यक्रम सहित ‘न्यु एयर इभ’ गर्ने तयारी गरेको छ । सिद्धार्थले यसअघिका वर्षमा पनि अंग्रेजी नयाँ वर्ष लगायतका विभिन्न पर्वहरुमा विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

…………
‘न्यु एयर इभ’ मा चर्चित गायक प्रमोद खरेलले आफ्नै ब्याण्डसहित प्रस्तुती देखाउने सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए ।
उनले भने, ‘गायक प्रमोद खरेलले यसअघि म्युजिक ट्रयाकमार्फत गीत गाउनु हुन्थ्यो । यसपटक आफ्नै ब्याण्ड लिएर उहाँ नेपलागन्ज आउँदै हुनुहुन्छ । अंग्रेजी नयाँ वर्षमा यसपटक फरक खालको प्रस्तुती हुनेछ ।’
नेपालगन्जबासीलाई ‘न्यु एयर इभ’ मा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाण्डौंबाट चर्चित गायक खरेललाई नेपालगन्जमा ल्याएर साँस्कृतिक कार्यक्रम गर्न लागिएको उनले बताए । साँस्कृतिक कार्यक्रममा स्थानीय ब्याण्डसहित डिजेको पनि प्रस्तुती रहनेछ । यसैगरी होटेल सिद्धार्थ भ्युले नयाँ वर्षको अवसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाएको जनाएको छ ।
क्षेत्रीय प्रबन्धक न्यौपानेका अनुसार कार्यक्रममा सहभागी हुने प्रतिब्यक्ती २ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै जोडीका लागि ४ हजार रुपैयाँ र १२ वर्षभन्दा मुनिका बालबालिकालाई प्रतिब्यक्ती १ हजार २ सय रुपैयाँ तोकिएको बताए । ‘यही शुल्कबाट हामीले खानाका प्याकेजहरु दर्शकलाई उपलब्ध गराउनेछौं,’ न्यौपानेले भने ।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सिद्धार्थ गु्रप अफ हस्पिटालिटीले नेपालगन्जको कारकाँदोमा चारतारे उक्त होटल सञ्चालन गरिरहेको छ । नेपालगन्जमा निकै आर्कषक र सुन्दर वातावरणमा सिद्धार्थ होटलले सबैभन्दा अग्लो स्थानमा ‘रुफटप’ रेष्टुरेण्ट र बार पनि संचालन गरिरहेको छ ।