बक्सिंग संघको ६ महिनाभित्रै निर्वाचन गर्ने निर्णय
Friday, December 30th, 2022, 6:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ पुष
नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पुर्ण कार्यसमितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक सञ्चालनपुर्व बक्सिङ्गको दीगो विकासमा अग्रजहरुको सल्लाह सुझाव पनि लिइएको थियो ।
नेपाल बक्सिङ्ग संघका संस्थापक अध्यक्ष श्री विष्णु गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल बक्सिंग संघका पुर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
सल्लाह सुझाव तथा पुर्ण कार्य समितिको बैठकमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्ष नरेन्द्र पोमो, उपाध्यक्षद्वय भोजराज सिटौला, किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी, मान बहादुर लक्ष्मण कार्की, रमेश अधिकारी, पुर्व प्रमुख प्रशिक्षकद्वय प्रकाश थापामगर, ओम मास्के, टेक्निकल संयोजक दीपक महर्जन, दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता रामचन्द्र थापामगर, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संस्थापक अध्यक्षहरुले बक्सिङ्गको दीगो विकासका लागि एकताबद्ध भएर अगाडि बढनुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए । कार्य समितिको बैठकले आगामी संघको अधिवेशन शुक्रबारका मितिले ६ महिना भित्र खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय सर्वसम्मत निर्णय गरीयो र यसका लागि राखेपमा आवश्यक पत्राचार गरि मितिलिने निर्णय गरियो ।
साथै संघका सम्पुर्ण पदाधिकारी, सदस्यहरु, संघका सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु पुर्व प्रमुख प्रशिक्षकहरु तथा रेफ्रिजजहरुले बक्सिंग विकास र एकताको निम्ति हात उठाएर एक्यबद्धता जाहेर गरेका थिए । उपस्थित भेलाले उहाँहरुको समर्थनप्रति हर्षोल्लासका साथ तालि बजाएर समर्थनका जनाएका थिए ।