राप्तीसोनारी वडा नं ९ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
Saturday, December 31st, 2022, 6:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ पुष
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ मा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । ढकेरी उद्य्यान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सेवा क्षेत्रभित्र रहेका ७ सय ८० घरमा सुरक्षित खानपानी पुगेको क्षेत्रलाई शुकवार सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बीच खानेपानीयुक्त समुदाय घोषणा गरेका थिए । सो अवसरमा पौडेलले ढकेरी उद्द्यान खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लक्षीराम केसीलाई खानेपानीयुक्त समुदाय घोषणा प्रमाणपत्र प्रदान गरेका थिए ।
पौडेलले राप्तीसोनारी गाउँपालिका भित्रका केही वडाहरुमा सुरक्षित खानेपानीको समस्या रहेको बताउँदै गाउँपालिकाले खानेपानी तथा सरसफाई सम्बन्धि निमावली तयार पारेका बताए । खानेपानी विकासको पहिलो पूर्वाधार भएको बताउँदै उनले खानीपानीको समिति र ट्याङ्की निमार्ण गर्नु मात्रै ठुलो कुरा नभएर जनतालाई सुरक्षित खानेपानी पुर्याउनु काम महत्वपुर्ण भएको बताए ।
ढकेरी उद्द्यान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजना युनिसेफ नेपाल र खानेपानी महासंघको सहकार्य र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भएको घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगज बाँकेले समितिलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानैले संस्थाका अध्यक्ष केसीलाई स्वामित्व प्रमाण हस्तान्तरण गरेका थिए । उपाध्यक्ष मनिषासिंह थारुले राप्तीसोनारीको वडा नं ९ ले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । वडा नं ८ का वडाध्यक्ष शालिकराम डाँगीले यस अघि वडा नं ८ मा पनि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको बताउँदै समुदाय स्तरमा सरसफाई र खानेपानीका विषयमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले वडा र पालिकालाई सुरक्षित खानेपानीयुक्त घोषणा गर्ने कार्यतालिका अनुसार समितिले आवश्यक मापदण्ड पूरा गरिसकेकोले समुदायलाइ सुरक्षित खानेपानीयुक्त घोषणा गरिएको गरिएको बताए ।