गौहत्याको विरोधमा नेपालगन्जमा प्रदर्शन
Saturday, December 31st, 2022, 7:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ पुष
गौहत्याको विरोधमा नेपालगन्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँके क्षेत्र नम्बर २ ले गौहत्याको विरोधमा नेपालगन्जको विरेन्द्र चोकमा विरोध प्रदर्शन गरेको हो । खजुरा गाउँ पालिका वडा नम्बर ०८ रोैनयारपुरमा दैनिक गाई हत्या भएको भन्दै राप्रपा युवा संगठन बाँकेले धम्बोजिमा चक्काजाम गरि विरोध प्रदर्शन गरेको हो ।
पछिल्लोसमय गौहत्या बढीरहेको र गौहत्या किन र कसले गर्यो भन्ने सन्दर्भमा सरोकारवाला मौन भएकाले आफुहरु विरोधमा उत्रिनु परेको बाँके क्षेत्र २ का अध्यक्ष विरेन्द्र गहतराजले जानकारी दिए । बाराम्बार प्रशासनमा ध्यानाकर्षण पत्र तथा ज्ञापन पत्र बुझाउदा पनि स्थानिय प्रशासनले त्यति चासो नदेखाएको महसुस भएकाले आफुहरु सडकमा आउन बाध्य भएको गहतराजले बताए । उनले यथाशिघ्र अनुसन्धान गरि गौहत्या गर्नेलाई कारवाहिको दायरामा ल्याउन सरोकारवाला निकायलाई आग्रह गरे ।
सो संगठनले शनिबार दिउसो २ बजे देखि ३ः ३० बजेसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा गोैं हत्या बन्द गर, गोैं हत्या गर्नेलाई फाँसी दे, हत्यारालाई कारबाही गर, दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए । पछिल्लो समय गौहत्या बढीरहेको छ ।