नेपाली राजनीतिमा चिनको प्रभाव
Tuesday, January 3rd, 2023, 3:27 pm
Kalpristha
कृष्ण रसाईली
नेपाली राजनीतिमा चिनको प्रभाव को यो ठुलो नमुना हो। चिन भारत को युद्ध बिराम पछि सिक्किम मा चिनको प्रभाव बढन थाल्यो।यो भारतको लागि ठुलो समस्या को रुपमा खडा भएको थियो। सिक्किम को भुमि चिन ले प्रयोग गरोस यो भारत का लागि स्विकार थियन। त्यहाँ का राजा चोग्याल पनि चिनको प्रभाव मा आय पछी ६अप्रिल १९७५ मा भारतिय सैनिक ले सिक्किम लाई कब्जामा लियो।यस कार्यमा सिक्किम का बिरोधी नेता लेन्डुप दोर्जे ले सघायका थिए।
सन १९५८ मा चिन ले तिब्बत माथि गरेको कब्जा लाई बिस्तार बाद मानियन तर भारत ले सिक्किम माथि को कब्जा भारतीय बिस्तार बाद को उदाहरण बनाईयो। नेपाल का कम्युनिष्ट हरु ले आफ्नो नारानै बनाय भारतीय बिस्तार बाद मुर्दाबाद भनेर ।
सिक्किम जस्तै नेपालमा पनिअझै बढी चिनिया प्रभाव बढ्दै गएको छ। पहिले पनि निहु खोजि रहेको चिन अहिले पनि अझबढी कुटनितिक तरिका बाट नेपाल मा निहु खोजि रहेको छ। नेपाल यति बेला यक हिसाबले चिनकै कब्जा मा रहेको नकार्न सकिंदैन। नेकपा एमाले माओवादी चिनियाँ प्रभाव मा त छन नै ।
लोकतान्त्रिक शक्ति हरु पनि चिनको गतिविधि मा प्रयोग भएका कारण पनि चिन को प्रभाव बढेको हो। सबिधान घोषणा को बिरोध मा थालिएको मधेस आन्दोलन नाकाबन्दी को उतसरग मा पुग्यो ६महिना को नाकाबन्दी आन्दोलन ले धेरै कठिनाइ भोग्नु पर्यो। जसका कारण नेपाली हरु भारत प्रति आक्रोशित भयो।
मधेश आन्दोलन भारत ले गरायो। नाकाबन्दी गरि आत्मसमर्पण गराउन खोजेको , आफ्नो देशको सार्वभौम अधिकार खतरा मा रहेको भनेर संसार भरि के पि सरकारल ले हल्ला गरायर नेपाल र भारत बिच रहेको सदियौं को सम्बन्ध लाई खल्बल्याउने र भारत लाई दोस लगाउने कार्य गरे। कुप्रचार गरेको र यस मा कुनै सत्यता नभएको विश्व ले थाहा पायो पछि चासो लिन छाडे। बरु सबिधान घोषणा को पक्ष मा दियको समर्थन फिर्ता लियर आन्दोलन रत पक्ष को समस्या समाधान गर्न दवाव दिन थाले।
भारतको बिरुद्धमा रहेका का नेपाल का शक्ति हरु लाई संगठित गर्न के पि सफल रहयो। भारतको बिरुद्धमा उतारेर चिन को बिश्वासिलो पात्र बन्न होड बाजिनै चलेको देखिन्छ ।
सदियौं देखि धार्मिक सांस्कृतिक आथिर्क सामाजिक सम्बन्ध रहेको र एक लोकतांत्रिक छिमेकी मुलुक सग को सम्बन्ध लाई बिगारेर बिस्तार बाद को निति अपनाएको र पहिले देखि नै निहु खोजि रहेको चिन सग को सम्बन्ध ले देश दुर्घटना तर्फ उनमु भै रहेको कुरा लोकतान्त्रिक शक्ति र आम नेपाली ले बुझन जरुरी छ ।
नेपाल र भारतको सम्बन्ध बिगारेर ढुलो उपलब्धि प्राप्त गर्न चिन अघि बढि रहेको कुरा दुवै लोकतान्त्रिक मुलुक नेपाल र भारत ले आत्म साथ गर्दै आफनो पुरानो सम्बन्ध कायम राख्न पहल गर्नु पर्ने देखिन्छ