खजुरा गाउँपालिकामा जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सुरु
Tuesday, January 3rd, 2023, 8:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ पुष
बाँकेको खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु भएको छ । ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम सबै वडाहरूमा लागु हुने छ ।
स्थानिय तहको निर्वाचन बि स २०७९ पछी निर्माण भएको स्थानिय सरकारले यस खजुरा गाँउपालिका अन्तर्गत रहेका ८ वटा वडाका सम्पुर्ण ६८ बर्ष पुगेका जेष्ठ नागरीक तथा पुर्ण रुपमा अशक्त व्यतीहरुलाई नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा आएर स्वास्थ्य सेवा लिन परेको अप्ठ्यारोलाइ मध्येनजर गरेर मासिक एक पटक समन्धित व्यतीको घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरी जेष्ठ नागरीक संग अध्यक्ष कार्यक्रम ल्याईएको छ ।
यस अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण, रक्त परीक्षण, आँखा, कानको परीक्षण गर्नुको साथै आवश्यक पर्ने औषधीको बितरण र चिनिरोग, उच्चरत्तचाप, दम जस्ता दिर्घरोगीहरुलाई मिल्ने औषधीलाई नियमित रुपमा दिईने व्यवस्था मिलाईएको छ। यसरी दिईएको सेवाको विवरण लाई अभिलेख राख्नको लागी बिरामी पुर्जा तथा रजिष्टरको व्यवस्था गरीएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले बताए ।
आफ्नो योग्यता, अनुभव, ज्ञान र सीपको प्रयोगद्वारा राज्यका निमित्त आफ्नो जीवनको महत्वपूर्ण उर्जा खर्च गरिरहेका ज्येष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित एवं सुनिश्चित गर्दै समाजिक न्यायको प्रत्याभुति प्रदान गर्ने उद्देश्य यो कार्यक्रम लागु गरिएको र यो कार्यक्रम लाइ व्यवस्थित र प्रभावकारी बनाउने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिए ।