कुखुरा विकास फार्म खजुरामा दाना बनाउन सुरु
Tuesday, January 3rd, 2023, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ पुष
बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना बनाउन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्म खजुराले आफ्नो फार्ममा रहेका १२ हजार प्यारेन्ट कुखुराको लागि आफै दाना बनाउन सुरु गरेको हो । एल थ्री दाना फार्मले उत्पादन सुरु गरि कुखुरालाई खुवाइरहेको कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा. शकर न्यौपानेले जानकारी दिए । फार्मले कार्यालय परिसरमै दाना मिल स्थापना गरि मास प्लान्ट दुई वटा बाट प्रतिघण्टा तिन टन दाना उत्पादन गर्दै आएको छ ।
एउटा क्याटल दाना उत्पादन गर्न र अर्को कुखुराको लागि दाना बनाउन मिलको प्रयोग गरिएको फार्म प्रवन्धक डा. न्यौपानेले जनाए । एउटा दाना मेसिनबाट आम किसानको लागि दाना बनाउने कार्य गरिने र अर्कोबाट फार्मकै लागि दाना बनाइने फार्मले जनाएको छ । कुखुरा विकास फार्म खजुरामा हाल प्रतिदिन १० क्विइटल दाना खपत हुदै आएको छ । बाहिर बाट दाना किन्नु भन्दा फार्ममै रहेको मिलबाट दाना बनाउदा प्रति किलो १० देखि १५ रुपैया सस्तो पर्ने फार्म प्रवन्धक डा. न्यौपानेले जनाए ।
फार्म दाना उत्पादन हुने भएपछि मौसम अनुसार मात्रा आफैले मिलाएर राख्न सकिने हुदाँ पनि यसको प्रतक्ष प्रभाव कुखुराको उत्पादनमा देखिने हुदाँ सहज हुने फार्मका योजना अधिकृत कर्मध्वज छत्यालले जनाए । दाना मिल आफ्नै हुदाँ कुुखुरामा लाग्ने लागत धेरे कम हुने देखिएको योजना अधिकृत छत्यालले बताए । नेपाल सरकारको मातहतमा रहेर संचालनमा रहेको कुखुरा विकास फार्ममा न्यु हेम्पसायर र अष्ट्रालोर्प जातका कुखुरा र केहि स्थानिय अन्य जातका रहेका छन ।
नेपाल सरकारको ब्रिडर फार्म रहेकाले नाफा भन्दा पनि गुणस्तरमा विशेष ध्यान दिने गरिएको फार्मले जनाएको छ । एक वर्ष अघि दाना उद्योगका लागि भवन निर्माण गरि मिल स्थापना गरिएपनि हालै मात्र दानाको उत्पादन सुरु गरिएको हो । दाना उद्योगका लागि १ करोड १० लाख खर्च भएको फार्म प्रवन्धक डा. न्यौपानेले जानकारी दिए ।