नरैनापुरमा माटो परिक्षण शिविर
Wednesday, January 4th, 2023, 7:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० पुष
माटो सुहाँउदो खेतीवालीका लागि नरैनापुर गाउँपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाउँपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशक्तीका बारेमा जानकारी लिएर सोही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि गाउँपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए ।
माटो तथा मल पक्षिण प्रयोग शाला खजुराको प्राविधिक सहयोगमा नरैनपुर गाँउपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा करिब १ सय घरधुरिले माटो परिक्षण गराएका छन् । किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न माटो परिक्षण शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा नरैनापुर गाउँपालिकाका वडा नम्बर ४ देखि ६ सम्मका किसानहरुको सहभागिता रहेको थियो । शिविरमा फस्फोरस, पोटास, नाईट्रोजनर माटोको पि.एचको मात्रा जाँच गरिएको गाउँपालिका कृषि शाखा प्रमुख भण्डारीले जानकारी दिए ।
माटो परिक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने विश्वास गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह बताउछन् । कुन माटो खाद्य तत्व छ कुन छैन् यर्थात रुपमा परिक्षण गरेर पत्ता लागाउनका लागि शिविरको आयोजना गरिएको थियो ।