समाजसेवी शाहीको सहयोगमा नेपालगन्जको मुख्य ठाउँमा दाउरा वितरण
Tuesday, January 10th, 2023, 8:29 pm
Kalpristha
………….
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुष
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य एवम् समाजसेवी संगीता शाहीले चिसोबाट प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले दाउरा वितरण गरेकी छिन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२ का विभिन्न स्थानमा शाहीको सहयोगमा करिब २५ क्विन्टल दाउरा वितरण गरिएको हो ।
दाउरा वितरणको संयोजन गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋण शाखा प्रमुख एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२ इकाई कमिटीका कोषाध्यक्ष विष्णुनाथ योगीले गरेका थिए । योगीको व्यवस्थापनमा नेपालगन्ज वडा नम्बर २ भित्रमा बागेश्वरी मन्दिर परिसर, बाल्मिकी टोल, हनुमानगढी मन्दिर, त्रिवेणीमोड, न्युरोडको भानुभक्त चोक लगायतका स्थानमा दाउरा वितरण गरिएको थियो ।
दाउरा वितरणमा आर्थिक सहयोग गर्ने संगीता शाही होटल व्यवसायी हुन् । यसअघि पनि विभिन्न धार्मिक एवम् सामाजिक कार्यमा आफुले सहयोग गर्दै आएको समाजसेवी शाहीले कालपृष्ठ दैनिकलाई बताई ।
मंगलबार शाहीको सहयोगमा नेपालगन्जको वडा नम्बर २ भित्र पर्ने महत्वपुर्ण स्थानमा दाउरा वितरण गरिएको विष्णुनाथ योगीले बताए । पछिल्ला दिनहरुमा चिसो बढदै गएको हुनाले गरिब, निम्न वर्गका मानिसलाई आगो ताप्न सहयोग गर्ने उद्देश्यले दाउरा वितरण गरिएको योगीले बताए ।