जानकीमा चिसोबाट प्रभावित जनतालाई ब्लाङ्केट वितरण
Thursday, January 12th, 2023, 12:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ पुष
पछिल्लो समय एकसातादेखि बाकेमा अत्याधिक चिसो बढिरहेकोले चिसोका कारण चिसो छल्नका लागी बाकेको जानकी गाउपालिकाले वडा नम्वर ४ , ५ र ६ को कार्यालयले ओढ्ने ब्लाङ्केट वितरण गरेको छ । केहीदिन यता अत्यधिक चिसो बढेपछी जानकी गाउपालिकाले गरीब, विपन्न ,बृद्वबृद्वाहरु , एकल महिलाहरु र वालवालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दे जाडो छल्न ब्लाङ्केट वितरण गरेको हो । चिसो समयमा वृद्वहरुलाई ब्लाङ्केट दिएकोमा स्थानिय शहादत अलीले खुशी व्यक्त गनुका साथै पालिकालाइ ध्न्यवाद समेत दिएका छन् ।
वडा नम्वर २ भैयापुरकी एकजना वृद्व पुर्ण अपाङ्ग महिला ७३ वषकी मैश्वरी सुनारलाई मिलाप सस्थासगको सहकार्यमा पालिकका अध्यक्ष छब्बन खाले ह्रिवल चेयर र वडा नम्वर ३ वन्जाडेगाउका असहाय अपाङ्ग गरीब ७५ वर्षका बृद्वा मिश्रिलाल बर्मालाई एक वाकर वितरण गरेका छन ।
आफनो सासुआमालाई प्यारालासिसले हानेको थियो र धेरै गाह्रो भैरहेको थियो मिलाप सस्था र गाउपालिकाले ह्रिलचेयरे दिएरकोमा वुहारी लक्ष्मी सुनारल खुशी व्यक्त गरेकी छा । साथै स्थानियबासीहरु सगको सुखदुखमा भेट गर्दे गर्दा वार्ड नम्वर २ दमादम पुरवा कै ३८ वर्षिय युवा विजुलीको पोलमा काम गर्दा विजुलीको करेन्टको झट्का लागेर शारीरिक रुपमा अशक्त भएका अमरसिङ् सरदारको औषधी उपचारको लागी आर्थिक सहयोग गर्ने गाउपालिका अध्यक्ष छब्बन खाले जनाएका छन ।
जानकी गाउपालिकाले कार्यालयल गरेको ओढ्ने ब्लाङ्केट वितरण गरेको कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव , पालिका अध्यक्ष छब्बन खाका स्वकिय सचिव स्वहराब दर्जी, वडा नम्वर ४ का अध्यक्ष रमेश कुमार वर्मा वडा नम्वर ५ का अध्यक्ष टिकानाथ यादव , वडा नम्वर ६ का अध्यक्ष जगदिश हरिजन र कार्यपालिका सदस्य राजेन्द्र सिहको समेत उपस्थिती रहेको थियो । ,