बालबालिकालाई टेबल टेनिस ब्याट र बल वितरण
Friday, January 13th, 2023, 7:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २९ पुष
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघको ‘खेलबाट सामुदायिक विकास’ भन्ने नाराका साथ स्ट्याग सरोज टेबलटेनिस ४ अल क्लबले बालबालिकालाई टेबलटेनिस ब्याट र बल वितरण गरेको छ ।

………
स्ट्याग सरोज टेबलटेनिस ४ आल क्लबले ‘खेलबाट सामुदायिक विकास’ कार्यक्रम अन्तर्गत बालबालिकालाई टेबलटेनिस ब्याट र बल वितरण गरेको हो ।
नेपालका लागि स्ट्यागका आधिकारिक प्रशिक्षक नरेश रावलले क्लबको वार्षिक कार्यक्रम भएको र वर्षभरि विभिन्न कार्यक्रम मार्फत झण्डै एक सय बालबालिकालाई ब्याट र बल प्रदान गर्ने गरिएको बताए ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले सहभागीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै टेबलटेनिस खेल्न उत्प्रेरित गरे ।
अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय अम्पायर, विश्व टेबल टेनिस दिवस २०२१ र २०२२ का आधिकारिक प्रवद्र्धक नरेश रावलले यस कार्यक्रमको मुख्य उद्देश्य बच्चाहरूलाई टेबलटेनिस खेल्नको लागि रुची, प्रोत्साहन र उत्प्रेरित गर्नु रहेको जानकारी दिए । उनले कार्यक्रममा टेबलटेनिसका केही अभ्यास बालबालिकालाई देखाएका थिए ।
क्लबले विगत ३ वर्षदेखि आर्थिक रुपमा गरिब रहेका बालबालिकालाई टेबलटेनिस प्रशिक्षण, खेलकुदका सामग्री र उपकरणहरू निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।