बाँकेमा लायन्स क्लबहरुले गरे रक्तदान
Friday, January 13th, 2023, 9:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ पुष
सामाजिक सेवामा उत्कृष्ट काम गर्दै आएको संस्था हो लायन्स क्लब । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १ सय ४४औं जन्मोत्सवको अवसरमा बाँके र बर्दियामा साताव्यापी रुपमा विभिन्न सामाजिक कार्य गरिदै आएको छ । जस अन्तर्गत शुक्रबार भेरी अस्पताल नेपालगन्ज परिसरमा रहेको रंक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको छ ।
रगत अभावका कारण दुःख पाईरहेका बिरामीलाई सहयोग गर्ने उद्देश्य सहित शुक्रबार बृहत रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ नेपालगन्ज युनिटी अध्यक्ष एवम् समाजसेवी बिन्दु चर्तीमगरले बताईन । उनले भनिन,‘विश्वभर सामाजिक सेवाभावले काम गरिरहेको लायन्सले हरेक वर्ष जस्तै साताव्यापीमा रुपमा सामाजिक कार्य गर्दै आएको छ ।

……….
आज हामीले रगत अभावमा समस्यामा परेका बिरामीलाई सहयोग गर्ने र रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरेका हौं । यसमा सहयोग गर्ने सम्पुर्णलाई लायन्स परिवार धन्यवाद दिन चाहन्छ ।’
रक्तदानमा ६५ जना भन्दा बढीले रगतदान गरेको चर्तीमगरले कालपृष्ठ डटकमलाई जानकारी गराईन । मेल्बिन जोन्सको जन्मोउत्सवको अवसरमा बाँके र बर्दियामा रहेका लायन्स विभिन्न क्लबहरुले सामाजिक कार्यहरु गर्ने योजना सहित काम गरिरहेका छन् ।

……….
जस अन्तर्गत शुक्रबार लायन्स क्लब अफ नेपालगन्ज बजार, लायन्स क्लब अफ नेपागन्ज युनिटी, लायन्स क्लब अफ नेपालगन्ज युथ, लायन्स क्लब अफ नेपालगन्ज डायनामिक युथ र लियो क्लब अफ नेपालगन्ज बजारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।