बर्दिया स्थलगत घुम्ति कृषक तालिम सम्पन्न
Monday, January 30th, 2023, 7:07 pm
Kalpristha
तालिम गुणस्तरीय बीउ उत्पादन, बीउ बालि निरिक्षण, बीउ नमुना संकलन, यसका विधि, बीउ प्रमाणिकरणका विषयमा बीउ बिजन उत्पादन गर्ने किसानलाई सहजिकरण गरिएको थियो । तालिममा सहभागि किसानहरुले पनि तालिम निकै प्रभावकारी भएकोले आगामी दिनमा पनि बीउ विजन प्रयोगशाला खजुराले यसलाई निरन्तरता दिनु पर्ने किसानहरुले भनाई राखेका थिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ माघ
बर्दियाको गुलरियामा बीउ विजन गुणस्तर नियन्त्रण सम्बन्धी एक दिने स्थलगत घुम्ति कृषक तालिम सम्पन्न भएको छ । बीउ विजन प्रयोगशाला खजुरा बाँकेको चालु आर्थिक वर्ष २०७९–८० को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत बर्दियामा उक्त तालिम भएको हो ।
कृषकहरुलाई बीउ बिजनको बारे ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा दिर्घकालिन महिला कृषि सहकारी संस्था लिमिटेड गुलरिया नगरपालिका वडा नम्बर–१२ सम्पन्न भएको हो । बीउ विजन प्रयोगशाला खजुरा बाँकेका अधिकृत दिनेश भट्टराईका अनुसार घुम्ति तालिममा मगिगोर कृषि सहकारी संस्था, जैविक विविधता कृषि सहकारी संस्था लिमिटेड र दिर्घकालिन महिला कृषि सहकारी संस्था लिमिटेड बर्दियाको तिन वटा सहकारीका २९ जना कृषकहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागिहरु माझ गुलरिया नगरपालिका वडा नम्बर १२ अध्यक्ष राम कुमार चौधरीले शुभकामना मन्त्व्य व्यक्त गर्दै तालिमले बर्दियाका किसानहरुलाई व्यवसायिक कृषि क्षेत्रमा अगाडी बढन सहयोग गर्ने बताएका थिए । तालिमका सहभागिहरुलाई अधिकृत दिनेश भट्टराई, सहायक स्तर पाँचौ तहका निरज कुमार अधिकारीले प्रशिक्षण दिएका थिए ।
तालिम गुणस्तरीय बीउ उत्पादन, बीउ बालि निरिक्षण, बीउ नमुना संकलन, यसका विधि, बीउ प्रमाणिकरणका विषयमा बीउ बिजन उत्पादन गर्ने किसानलाई सहजिकरण गरिएको थियो । तालिमले आगामी दिनमा कृषकहरुलाई गुणस्तरीय बीउ उत्पादनमा सहज हुने अधिकृत भट्टराईले बताए । तालिममा सहभागि किसानहरुले पनि तालिम निकै प्रभावकारी भएकोले आगामी दिनमा पनि बीउ विजन प्रयोगशाला खजुराले यसलाई निरन्तरता दिनु पर्ने किसानहरुले भनाई राखेका थिए ।