मानव सेवा आश्रममा आयुर्वेद अस्पतालले निःशुल्क सेवा दिने
Monday, January 30th, 2023, 9:01 pm
Kalpristha
१५ शैयाको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल नेपालमा निजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल भएको बताउदै उनले अस्पतालले पश्चिम नेपालमा आयुर्वेद अस्पतालले गरिब, निम्न वर्गको जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ठुलो सहयोग गर्ने उनले बताए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ माघ
नेपालगन्ज उप–महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित मानव सेवा आश्रमका व्यक्तिहरुका लागि नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले निशुल्क उपचार गर्ने भएको छ । सोमबार आदर्शनगरस्थित मानव सेवा आश्रमका व्यक्तिहरुलाई खाना खुवाउने कार्यक्रममा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष एवम् नेपाली कांग्रेसका केन्द्रिय सस्दय समेत रहेका संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले उक्त घोषणा गरेका हुन् ।
सहिद दिवसको अवसर पारेर मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई विहानको खाना खुवाउने क्रममा हस्पिटलका अध्यक्ष मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्रविन्दुमा राखेर आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले संचालन गरेको आयुर्वेदिक अस्पतालमा मासिकरुपमा निःशुल्क उपचारसंगै औषधिको व्यवस्था मिलाउने उद्घोष समेत गरे ।
१५ शैयाको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल नेपालमा निजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल भएको बताउदै उनले अस्पतालले पश्चिम नेपालमा आयुर्वेद अस्पतालले गरिब, निम्न वर्गको जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ठुलो सहयोग गर्ने उनले बताए ।
नेपालगन्ज आयुर्वेद अस्पताल दक्ष जनशंक्ति र उच्च प्रविधिलाई भित्राएर खुलेको अस्पताल हो ।
नेपाली कांग्रेस बाँकेले सहिद दिवसको अवसरमा वीर सहिदहरुको सम्झना गर्दै सोमबार नेपालगन्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको थियो ।
सो अवसरमा सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भएपनि खाना खुवाउने कार्य गरिएको बताए ।
मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस बाँकेलाई धन्यवाद दिए । कार्यक्रममा पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ लगायतले सहिदहरुको स्मरण गर्दै बेसाहारा नागरिकलाई खाना खुवाउने जस्तो पूण्य काम अत्यन्त प्रशंसनीय भएको बताए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुधान्सु कोइरालाले गरेका थिए ।