‘स्वस्थ अण्डा उत्पादन गर्न कुखुराहरुलाई पिँजडा मुक्त गर्नुपर्छ’
Monday, January 30th, 2023, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ माघ
अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानमा एनिमल नेपालले नेपालगन्जका सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरेकोे छ । एनिमल नेपालले पशु कल्याण सुनिश्चिता बिषयलाई उठान गर्दै नेपालगन्जका सरोकारवालासंग सोमवार अन्तरक्रिया कार्यक्रम गरेको हो । पशु कल्याणकाको बिषयमा सरोकारवालाको ध्यान जान नसक्दा बेजुवान पुशुहरुले सास्ती खेप्दै आउनुपरेकोले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको एनिमल नेपालले जानाएको छ ।
कुखुरा पनि जिवितप्राणी र उनीहले पनि हामी मानिस जस्तै दुखाई भोगाई महशुस गर्ने भएकोले स्वतन्त्र रुपमा कुखुरालाई पिँजडा मुक्त गर्नु पर्ने एनिमल नेपालका संयोजक तथा पिँजडा मुक्त कुखुरा अभियानता मधु कट्टेलले बताईन् । मानिष कुखुरा व्यापारको नसामा चुर्लुम डुबेपछि कुखुरा पनि जिवित प्राणी समेत हो भन्ने बिर्सिएको उनले औल्याईन् ।
मानिस जस्तै कुखुरालाई पनि ८ घण्टा आराम ८ घण्टा काम र ८ घण्टा मनोरञ्जनको आवश्यकता हुने संयोजक कट्टेलले जानकारी दिईन् ।
मानिसले आफ्नो क्षमता अनुसारको भारी उठाए जस्तै पशुपक्षीलाई पनि उनीहरुले थाम्नसक्ने क्षमताको भारी अथवा वजन मात्र बोकाउनु पर्ने बरिष्ठ पशु चिकित्सक डा.अतिस कुमार यादबले बताए ।
मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि रहेकोे बताउदै पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारेमा गुनासो गरे ।
पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्रत भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन भन्ने पाँच कुराहरूको सुनिश्चित हुनुपर्नेमा उनले जोड दिएका थिए ।
सो कार्यक्रममा एनिमल नेपालका सुपरभाइजर तथा पिँजडा मुक्त कुखुरा अभियानका अभियान्ता देब उपाध्याय लगायत एनिमल नेपालका अन्य कर्मचारीहरु तथा सरोकारवालाको सहभागिता रहेको थियो ।