१२ नम्बर वडामा निःशुल्क जेष्ठ नागरिक शिविर सम्पन्न
Sunday, February 19th, 2023, 9:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ फागुन
नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १२ मा एक दिने निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविरको सम्पन्न गरिएको छ ।
नेपाली उपभोक्ता संरक्षण महासंघ जिल्ला कार्यसमिति बाँकेको आयोजना र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ को समन्वय तथा सहकार्यमा उक्त शिविरको आयोजना गरिएको थियो ।
उपभोक्ताहरुको हक हितका निम्ति काम गर्ने उद्देश्यले स्थापना भएको महासंघले नेपालगन्जको १२ नम्बर वडाबाट सामाजिक काम गर्दै आफनो कार्यको शुभारम्भ पनि गरेको नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेको वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी विन्दु चर्तीमगरले बताईन् ।
शिविरमा १ सय ५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्दै समस्या भएका बिरामीलाई विशेषज्ञ डाक्टरको रिफर गरिएको वरिष्ठ उपाध्यक्ष चर्तिमगरले बताईन् । नेपाली उपभोक्ता संरक्षण महासंघ जिल्ला कार्य समिति बाँकेले आफनो वडाका जेष्ठ नागरिकको स्वास्थ्य सुधारका निम्ति शिविर आयोजना गरेर महत्वपुर्ण सहयोग गरेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले बताए ।
नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले शिविरको उद्घाटन गरेका थिए । वडाका जेष्ठ नागरिक क्लवका अध्यक्ष अजितकुमार रेग्मीको अध्यक्षतामा शिविर भएको थियो ।
नेपाली उपभोक्ता संरक्षण महासंघ अध्यक्ष एवम शिविर संयोजक तथा बरिष्ठ प्लास्टिक सर्जन डा. बिनोद कर्ण, मेडिकल अफिसरहरु डा. राहुल कुर्मी, डा.सवाना मुकेरी, डा.उर्वशी गुप्ता र डा. धिरज गिरी सहितको टिमले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए ।

……….
आयोजक संस्थाले नेपालगन्जका २३ वटै वडामा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको संयोजक डा. कर्णले बताए ।
यसैगरी आगामी दिनमा त्रिभुवन चोक वरीपरी चाट बिक्रि वितरण गर्ने व्यवसायीलाई स्वास्थ्यका बारेमा सचेतना कार्यक्रम गर्ने पनि तयारी भएको आयोजक संस्थाको वरिष्ठ उपाध्यक्ष चर्तीमगरले बताईन् ।