युनियन बाँकेले थप दुई वटा पुरस्कार स्थापना गर्ने
Sunday, February 19th, 2023, 9:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ फागुन
नेपाल प्रेस युनियन बाँकेको आइतबार बसेको कार्यसमिति बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको । नेपाल प्रेस युनियन बाँके अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्यताको लागि आवहन गरेको छ ।
आवेदन युनियनको विधान अनुसार जिल्लामा पत्रकारिता गरिरहेका ब्यक्तिहरुबाट नयाँ सदस्यता लिने र पुराना सदस्यको नविकरण २०७९ फागुन १८ गतेभित्र आइतबारको बैठकले निर्णय गरेको छ ।
त्यसलागि कोषाध्यक्ष मधु पौडेल र सचिव विजय मल्ललाई कार्य जिम्मेवारी दिइएको छ । यसैगरी नेपाल प्रेस युनियन बाँकेको थप दुई वटा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । स्थापना गरिएको पुरस्कारहरुमा ‘प्रेस युनियन युवा पत्रकारिता पुरस्कार’ र ‘प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कार’ रहेका छन् । उक्त पुरस्कार नेपाल प्रेस युनियनको पुरस्कार छनोट कार्यविधि अनुसार वितरण गरिनेछ ।
नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेका पत्रकारिता पुरस्कारहरु क्रमशः सुशिल कोइराला स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ राष्ट्रिय पत्रकारिता पुरस्कार, जगन्नाथ गौडेल पत्रकारिता पुरस्कार, प्रेस युनियन युवा पत्रकारिता पुरस्कार र प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कार छनोटका लागि कार्यविधि बनाउने निर्णय समेत गरेको छ ।
यसैगरी नेपाल प्रेस युनियन बाँकेको पहिलो स्मारिका ‘समृद्धिका लागि सञ्चार’ प्रकाशन गर्न युनियन बाँकेका सम्पूर्ण कार्यसमिति पदाधिकारी सक्रियता पुर्वक लाग्ने निर्णय गरेको छ । स्मारिकाको लागि प्रेस युनियन सम्बद्ध पत्रकारहरुसँग विभिन्न विषयमा लेख, विचार जस्ता सामाग्रीहरु आब्हान गरेको छ ।
विगतको वर्षझै आगामी वर्षका लागि नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो प्रकाशन गर्न पुर्वतयारी गर्ने निर्णय गरेको सचिव विजय मल्लले बताए ।