पोखरामा हिमालयन साईन्स फेस्टिवलको तेस्रो संस्करण हुने
Monday, February 20th, 2023, 11:24 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ फागुन
हिमालयन साईन्स फेस्टिवलको तेस्रो संस्करण गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । हिमालयन साईन्स फाउडेण्सनको आयोजनामा पोखरामा जेठमा पहिलो साता गर्ने तयारी भैरहेको छ । हिमालयन साईन्स फेस्टिवलको पहिलो र दोस्रो संस्करण नेपालगन्जमा सम्पन्न भएको थियो । नेपालगन्ज रंगशालामा फागुन ३ गते सम्पन्न भएको फेस्टिवलको उद्घाटन संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।
फेस्टिवलमा निर्णायकको रुपमा नेपाल एकेडेमी अफ साईन्स एन्ड टेक्नोलोज(नास्ट)को सिनियर बैज्ञानिक डा. टिस्टा प्रसाई जोशी र एप्पल कम्पनीमा सफटवेयर आक्टिेक्टको रुपमा काम गरिसकेका इन्जिनियर विजय गौतमले काम गरेका थिए । हिमालयन साईन्स फाउण्डेशनले सात प्रदेशमा प्रदेश स्तरीय फेस्टिवलको आयोजना गर्ने तयारी गरिरहेको छ ।
आयोजक हिमालयन साईन्स फाउडेण्सनका अध्यक्ष आतंक बस्नेतका अनुसार प्रदेश स्तरीय फेस्टिवल पश्चात काठमाडौंमा राष्ट्रिय स्तरको साईन्स फेस्टिवल गरिनेछ । प्रदेश स्तरीय साईन्स फेस्टिवलबाट छानिएर गएका टिमले राष्ट्रिय स्तरको फेस्टिवलमा सहभागिताको लागि अवसर पाउनेछन् । विज्ञान र प्रविधिको विकासका लागि राष्ट्रव्यापी रुपमा अभियानको रुपमा फेस्टिवललाई लिएको छ । आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले राज्य स्तरबाट विज्ञान र प्रविधिको लागि बजेट तथा कार्यक्रमहरु ल्याईनु पर्ने बताए ।