महिला नेतृलाई उद्यमी संघको सम्मान
Monday, February 20th, 2023, 9:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ माघ
महिला उद्यमी संघ नेपाल, बाँकेले महिला नेतृहरुलाई सम्मान गरेको छ । राजनिति मार्फत महिला शसक्तिकरणमा योगदान गरेको भन्दैं महिला उद्यमी संघ नेपाल बाँके शाखाले नेपालगन्जमा भैरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको अवसरमा संघीय सासद र लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेको हो ।
सोमबार संघीय सासद लक्ष्मी तिवारी, लुम्बिनी प्रदेश सभा सदस्य सासद सन्जु चौधरी र मिना सिद्धिकीलाई सम्मान गरिएको हो । लुम्बिनी प्रदेश सासद सन्जु चौधरीले महिलाहरुको नेतृत्व विकासमा महिला उद्यमी संघ नेपाल बाँकेले उदाहरणीय काम गरिरहेको बताईन् । धेरै महिलाहरु घरमै सिमित हुने, श्रीमानप्रति निर्भर हुँदा महिला हिंसाका घटनाहरु बढिरहेको बताउँदैं सभासद सन्जुले महिलालाई आत्मनिर्भर गराउन प्रदर्शनीले महत्वपुर्ण भुमिका खोलेका बताईन ।
एउटा महिला आर्थिक रुपमा सबल हुँदा समाजले हेर्ने दृष्टिकोण फरक हुने उनले बताईन् । लुम्बिनी प्रदेश सासद मिना सिद्धिकीले प्रदर्शनीले बेरोजगार भएर बसेका दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्नु पर्छ भन्ने कुरा सिकाएको बताईन् । महिलाहरुले आफनो सीप र मिहिनेतबाट निर्माण गरेका वस्तुहरुको बजारीकरणमा महिला उद्यमी संघ नेपाल बाँकेले मेला गरेर सहयोग गरेको बताउँदैं सिद्धिकीले महिलाहरुले अगाडी बढनको लागि व्यवसायमा ध्यान दिनु पर्ने बताईन । महिलाहरुले आफनो सीपको प्रयोग गरेर व्यापार व्यवसायमा लाग्दा बेरोजगारी र आर्थिक अभावको समस्या हटने भन्दैं उद्यममा महिलालाई आफुलाई निर्खादै लग्नु पर्ने सुझाव दिईन् ।
महिला उद्यमी संघ नेपालकी केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वति शर्मा, प्रदर्शनी संयोजक साबित्रा बस्नेत, महिला उद्यमी संघ नेपाल बाँके शाखा अध्यक्ष निरुपमा रस्तोगी, पुर्व अध्यक्ष कुसुम बस्नेत लगायतका महिला उद्यमीहरुले संघीय र प्रदेश सासदलाई सम्मान गरेका हुन् ।
प्रदर्शनीको उद्घाटको अवसरमा आयोजकले लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुना, लुम्बिनी प्रदेश सभासद माया पुन र मीना श्रेष्ठलाई सम्मान गरेको थियो ।

…………
नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा भैरहेको प्रदर्शनीको आज समापन हुँदैछ । फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु, उद्यम र उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । महिला उद्यमीलाई बजारीकरणमा सहयोग गर्दै प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशको सुर्खेतबाट समेत महिला उद्यमीहरु आएका छन् । प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएका छन् । नेपालगन्ज उप–महानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीको आज नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टको प्रमुख आथित्यमा समापन हुदैछ ।

…………

………..

………..