बाँकेका भण्डारीलाल कृषि तथा भुमि सुधार मन्त्री नियुक्त
Monday, February 20th, 2023, 9:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगनज, ८ फागुन
बाँकेका डुडुवा गाउँपालिका नेता भण्डारीलाल यादव लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि सुधार मन्त्रीमा नियुक्त भएका छन् । आइतबार उनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । मन्त्री नियुक्त भएका भण्डारीले सोमबार सपथ लिएका हुन् । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका अहिरलाई आइतबार साँझ कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए ।
एक साताअघि कृषिमन्त्री बनेका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यस मध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालय दिने सहमति भएको थियो । सोही सहमतिअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन् ।
त्यस्तै मुख्यमन्त्री गिरीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी खानेपानी मन्त्री चेतनारायण आचार्यलाई तोकेका छन् । यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी कृष्णा केसीले पदबहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री नियुक्त नभएसम्मका लागि आचार्यलाई उक्त जिम्मेवारी दिइएको हो ।