बाँकेमा नेपाली लेखन संघ पुर्नगठन
Tuesday, March 14th, 2023, 7:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० फागुन
बाँकेमा नेपाली लेखन संघ पुर्न गठन गरीएको छ । सोमबार एक कार्यक्रमका विच साहित्यकार अन्जु न्यौपानेको अध्यक्षता चौध सदस्यीय नेपाली लेखक संघ जिल्ला कार्यसमिति गठन गरीएको हो । बरिष्ठ साहित्यकार सनत कुमार रेग्मी तथा नेपाली लेखक संघ केन्द्रिय सदस्य धनमाया लुइटेल(ऋचा)को उपस्थितिमा उक्त कार्यसमिति गठन गरीएको हो ।
पुर्नःगठन गरीएको नेपाली लेखक संघ बाँकेको उपाध्यक्षमा मधु पौडेल, सचिवमा मणि प्रसाद गैरे, सह-सचिवमा सावित्री गिरी, कोषाध्यक्षमा उमा ग्राण्डन रहेका छन् । यसैगरी समितिको सदस्यमा ललितकुमार रौनियार, शुक्रऋषी चौलागाई ,बालकृष्ण शर्मा रेग्मी, अर्चना पाठक, शान्ता शर्मा, पुष्पा भट्राई, निशु जोशी, विरेन्द्र प्रसाद जैसी, छत्रपति सिंह रहेका छन् ।
गठन पछि प्रतिक्रिया दिदै पछिल्लो समय प्रजातान्त्रिक अभ्यासमा खरो उत्रिए पनि साहित्यका माध्यमले अझै पनि बाँकेमा लोकतन्त्रका बारेमा जनजागरण गराउन नसकिरहेको अवस्थामा प्रजातान्त्रिक अभ्यासलाई अझै राम्रो बनाउनका लागि नेपाली लेखक संघ जिल्ला कार्यसमिति पुर्नःगठन गरीएको वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघ केन्द्रिय समिति सल्लाहाकार रेग्मीले बताए ।
त्यस्तै नेपाली लेखक संघ केन्द्रिय सदस्य लुइटेलेले साहित्यले बाँकेमा राम्रो गर्ने सकिने सम्भावना भएको हुदाँ नेपाली लेखन संघमा जोडीन सबैलाई आव्हान समेत गरेकी छन् ।