तिन महिनादेखि अध्यारोमा चार गाउँका बासिन्दा
Tuesday, March 14th, 2023, 7:19 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा,फागुन ३०
त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चार गाउँका बासिन्दा तिन महिना देखि अध्यारोमा छन् । आर्थिक अभावमा पालङ्गस्थित खातीखोला लघु जलविद्युत केन्द्रको विग्रेका टा्रन्समिटर वेरीङ र पानी चाबीको मर्मत हुन नसक्दा वडानम्वर ५ र ६ मा पर्ने ल्हाँ, फुल्चिङ ,खदाङ्ग र पालंङ्ग गाउँका बासिन्दा अध्यारोमा बस्दै आएका हुन् ।
पटक पटक गरेर झण्डै ५ करोडको लागतमा २०७४ सालमा निर्माण भई विद्युत उत्पादन गर्दै आएको खातीखोला लघु जलविद्युत केन्द २०७९ जेठ देखि बन्द अवस्थामा छ । विधुत बन्द भएपछि दियालो बालेर बस्नु पर्दा मोवाइल चार्ज र वालबालिकाहरुलाई पढाई गर्न समस्या भएको बताउदै स्थानीय जनप्रतिनिधि र विद्युत ब्यवस्थापन समितिका पदाधिकारीहरुको लापरवाहीका कारण आफुहरु अध्यारोमा बस्नु परेको गुनासो स्थानीय हिरा चलाउनेल पोखे ।

……..
त्यसैगरी ईलका प्रहरी कार्यालय खदाङ्गका बरिष्ठ हवलदार देवेन्द्र विश्वकर्माले मोवाईल चार्ज संचारसेट समेत चार्ज गर्न नपाएर दिनभरका सुरक्षा गतिविधिहरुको जिल्लामा जाहेरी गर्न समेत समस्या परिरहेको बताए । आफुले विधुत संचालनको लागि लागि परिरहेको तर स्थानीय सरकारले टालटुले बजेट वाहेक ठूलो बजेट नदिएकाले समस्या भएको जलविद्युत ब्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बोहोरा बताए । अध्यक्ष बोहराले बुटवलस्थित नेपाल स्टीलस्ट्रचर प्रालि कम्पनीमा विग्रेका उपकरण मर्मतको लागि पठाइसकिएको तर आर्थिक अभावले ल्याउन नसकिएको जानकारी दिए ।
विद्युत गृहनजिक रहेको ६ नं वडाकार्यालयका अध्यक्ष देवेन्द चलाउनेले उपकरण मर्मतका लागि नगरपालिकावाट ४ लाख विनियोजन गर्न लगाइएको तर वडामा वजेट नभएकाले चाहेर पनि दिन नसकिएको बताए । उहाँले गाउँलेलाई विद्युत महशुल तिर्न नपरोस भनेर विधुतका दुई ओटा प्राविधिकहरुको मासिक दश हजारका दरले पारिश्रमिक समेत वडाले ब्यहोरदै आएको जानकारी दिए ।
८० किलोवाट क्षमता भएको खातीखोला लघु जलविद्युतवाट ल्हाँ, फुल्चिङ ,खदाङ्ग र पालंङ्ग गाउँका चारसय बाउन्न घरधुरी लाभान्वित हुदै आएका थिए । आम सरोेकार चासो र आवश्यकता जोडिएको विद्युत जस्तो अति संवेदनसिल क्षेत्रको संचालन र ब्यवस्थापन तर्फ सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।