खजुरा गाउँपालिकामा संचालित योजनाहरुको अनुगमन
Tuesday, March 14th, 2023, 7:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ३० फागुन
खजुरा गाउँपालिका संचालन भएका विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । खजुरामा उक्त विभिन्न योजनाहरुको सोमबार पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , प्राबिधिकहरुको संयुक्त टोलीले अनुगमन निरीक्षण गरेका हुन् ।
खजुरा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा निर्माणाधीन, भौतिक संरचना, सिचाँइ, सडक, पुल लगायतका विकासका योजनाहरुको अनुगमन गरिएको हो । अध्यक्ष बिकले अनुगमनका क्रममा गुणस्तर र तोकिएको मापदण्ड अनुसार कार्य सम्पन्न गर्न निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिए । उनले तोकिए बमोजिम कार्य सम्पन्न नभएसम्म भुक्तानी प्रक्रिया अगाडि नबढाउन समेत कर्मचारीलाई निर्देशन दिए ।

…………
अनुगमनका क्रममा पालिका उपाध्यक्ष एवं योजना संयोजक मन्जु मल्लले आफ्नो टोल बस्तिमा बनेका योजनाहरुको नागरिक स्तरबाट समेत अनुगमन र रेखदेख गर्न स्थानियलाई आग्रह गरिन् । उनले काम भइरहेका योजनाबारे कुनै गुनासो भए आफुलाई सिधा सम्पर्क गरि जानकारी गराउन समेत अनुरोध गरेकि छिन् ।
पालिका अध्यक्ष बिक, उपाध्यक्ष एवं योजना अनुगमनसमिति संयोजक मल्ल, कार्यापालिका सदस्य खतमुल निशा साही, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, प्राबिधिक शाखा प्रमुख इन्जिनियर सोनु शाह, सब इन्जिनियर सुशिला परियारको संयुक्त टोलीले योजनाहरुको अनुगमन तथा निरीक्षण गरेका थियो ।