खजुरामा पालिका स्तरीय स्वास्थ्य जिवनशैली अभिमुखिकरण सम्पन्न
Wednesday, March 15th, 2023, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १ चैत
बाँकेको खजुरामा पालिका स्तरिय स्वास्थ्य जिवनशैली अभियान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको आयोजनामा अभिमुखिकरण गरिएको हो । आयोजित अभिमुखिकरणमा बोल्ने बक्ताहरुले स्वास्थ्यलाई ध्यानमा राखेर उचित खानपानका साथै योगलाई समेत सगैं लैजान आवश्यक रहेको बताएका थिए ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिल कुमार चौधरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पछिल्ला दिनमा मानिसले आफ्नो स्वास्थ्यमा विषेश ख्याल गर्न आवश्यक रहेको बताएका थिए । अध्यक्ष विकले स्वास्थ्य रहे मात्र अन्य काम गर्न सकिने भन्दै यस प्रति गम्भिर बन्न आग्रह गरे । स्वास्थ्य जिवनको लागी पालिकामा गाउँपालिकाले पनि आफ्ना कार्यक्रमहरु ल्याएको उनले बताए ।
शारिरिक मानसिक र अध्यात्मिक रुपमा स्वस्थ्य हुन जरुरी रहेको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले बताए । कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, वडा नम्बर २ का वडाध्यक्ष धनराम वली, वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारी, वडा नम्बर ४ का वडाध्यक्ष टेक बाहुर रोका क्षेत्री, वडा नम्बर ७ का वडाध्यक्ष राम गोपाल यादव, वडा नम्बर ८ का वडाध्यक्ष फिरोज खाँ लगाएतको उपस्थिती रहेको थियो ।