मूर्तीको योजनालाई खजुराले गौरवको योजनामा राख्ने
Wednesday, March 15th, 2023, 9:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १ चैत
खजुरा गाउँपालिका क्षेत्रलाई पर्यटकिय केन्द्र बनाउने उद्देश्य सहित गत २४ गते देखी सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ । पर्यटकिय क्षेत्र सहित खजुरामा विशाल लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने लक्ष्य राखिएको महायज्ञबाट ५० लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जानकारी दिएको छ ।
महायज्ञबाट राखिएको धार्मिक पर्यटनको प्रस्तावलाई अनुमोदन गर्दै खजुरा गाउँपालिकाले धार्मिक पर्यटन सहित खजुरामा स्थापना गरिने मूर्तीको योजनालाई गाउँपालिकाको गौरवको योजनामा राख्ने घोषणा गरेको छ । महायज्ञस्थलमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले महायज्ञबाट सुरु गरिएको अभियानलाई आगामी आर्थिक वर्षबाट गौरवको आयोजनामा समावेश गरि कम्तीमा २० लाख नघट्ने गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पालिकाले थाल्नु पर्ने योजना महायज्ञबाट प्रस्तावित भएको उल्लेख गर्दै धार्मिक पर्यटनको क्षेत्रकारुपमा खजुरालाई विकास गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलवमा थपेर ५१ हजार महायज्ञलाई दान गर्ने समेत घोषणा गरे । महायज्ञमा मंगलबार मात्र १५ लाख बढी संकलन भएको यज्ञ सम्पादन समितिका कोषाध्यक्ष विजय बुढाथोकीले जानकारी दिए । मंगलबार स्थानीय धनसिंह राना, हरिओम सुनार लगायतबाट एकलाख भन्दा बढी दान प्राप्त भएको उनले बताए । धार्मिक पर्यटनलाई भन्दै मंगलबार मात्र ५ सय बढी जेष्ठ नागरिकबाट ५ हजार बढी रकम दान प्राप्त भएको बुढाथोकीले बताए ।