महिला कथामा आधारित बैरागीको डोल्पामा प्रिमियर शो
Monday, March 27th, 2023, 12:15 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १३ चैत
नेपाली समाजमा महिला माथि हुने गरेको थिचोमिचो र हिंसाका कथाबस्तुलाई समेटेर बनाइएको बैरागी नामक म्युजिक भिडियोको पहिलो पटक डोल्पामा प्रिमियर शो गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–९ चुँ गाउँमा छायांकन तथा एच.बि.आर कला केन्द्रको ब्यानरमा निर्माण गरिएको उक्त भिडियोको त्रिपुरासुन्दरी नगरपालिकाको नगरकेन्द्र त्रिपुराकोटमा पहिलो प्रिमियर शो गरिएको हो ।
ग्रामीण क्षेत्रका हमिलाहरुले भोग्दै आएका दुख सुखका कथाबस्तु र महिला हिंसाका विषयलाई म्युजिक भिडियोको माध्यमबाट समाजमा सचेतना फैलाउने हिासावले तयार पारिएको बैरागी मा सुरबिना कार्की।वसन्त सार्की एन्जिला पन्थी लगायतका कलाकारको अभिनय रहेको छ ।
नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाको आतिथ्यतामा भएको प्रिमियर शो पछि संक्षिप्त प्रतिकृया दिदै नगरप्रमुख रोकायाले डोल्पाली भूमिमा छायांकन गरिएको म्युजिक भिडियोले डोल्पाली समाजलाई मात्र नभएर सिंगो नेपाली समाजमा महिला माथि हुने भएगरेका हिंसा लगायतका कारुणिक कथाबस्तुको उजागर गरेर हाम्रो समाज रुपान्तरणका लागि महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो ।
…………..
लक्ष्मण सुनारको निर्देशन रहेको बैरागी म्युजिक भिडियोको निर्माण हरि पन्थीले गर्नु भएको हो ।डोल्पाली भूमिमा छायांकन गरिएको बैरागीको प्रिमियर शो हेर्न स्थानीय जनप्रतिनिधि र महिलाहरुको उपस्थिती बाग्लो रहेको थियो ।