दाङमा महिलाको भित्री बस्त्र देखाएर मानसिक यातना दिने युवक पक्राउ
Monday, March 27th, 2023, 5:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १३ चैत
दाङमा एउटा अनौठो घटना घटेको छ । महिलाले लगाउने भित्री बस्त्र देखाएर मानसिक यातना दिएको भन्दै लमहीमा एक युवक पक्राउ परेका छन् । लमही नगरपालिका–५ सनलाईट चोक नजिक बस्ने एक महिलालाई घरको झ्यालमा महिलाले प्रयोग गर्ने भित्री बस्त्र झुन्डाई मानसिक यातना दिने गरेको भन्दै लमही–५ निवासी ३० बर्षीय रबि थापा पक्राउ परेका हुन ।
प्रहरीले आज सोमबार पत्रकार सम्मेलन गरि घटनाबारे जानकारी दिएको हो । लामो समयदेखि उक्त वस्त्रहरु झ्यालमा झुन्डाएर मानसिक यातना दिएको भन्दै पीडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीले युवकलाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शकर श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार ती युवकले अनलाईन कम्पनीमार्फत तीन महिनादेखि २४ वटा भित्री बस्त्र खरिद गरेको फेला परेको प्रहरीले जनाएको छ । उनले यो नयाँ र अनौठो प्रकृतिको घटना भएको बताए । उनले आरोपितलाई अभद्र ब्यबहार सम्बन्धी मुद्धा चलाईने तयारी प्रहरीले बताए ।
पक्राउ परेका युवकले दुई बर्षदेखि फेक आइडीबाट ती महिलालाई अश्लील भिडियो तथा फोटोहरु पनि पठाउने गरेको खुलेको छ । आरोपीलाई प्रहरीले एक साताको म्यादथप गरि अनुसन्धान गरिरहेको छ ।