समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन
Monday, March 27th, 2023, 5:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १३ चैत
बाँकेको खजुरा गाउँपालिकाले गत बिगत र यस आर्थिक वर्षमा ठेक्का प्रक्रियाबाट संचालन भएका योजनाका निर्माण व्यावसायीहरुसँग छलफल गरेको छ । छलफलमा पुराना योजनासँग सम्बन्धित निर्माण व्यवसायीको न्यून उपस्थित रहेको थियो ।
उक्त छलफलमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले पालिकाले गर्नु पर्ने सहयोग गर्ने तर तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । बैठकमा उपस्थित नहुने अहिलेसम्म निर्माण कार्यमा आलटाल गर्ने निर्माण व्यवसायीहरुलाई तुरुन्तै स्पष्टीकरण सोध्न कर्मचारीलाई निर्देशन दिदै चित्तबुझ्दो स्पष्टीकरण नआएमा कानुनी कारबाही अगाडि बढाउने बताएका छन् ।
कार्यक्रममा उपाध्यक्ष मन्जु मल्लले निर्माण कार्यमा गुणस्तर कायम गर्न र प्राबिधिकको निर्देशन अनुसार कार्य गर्न निर्माण ब्यबसायीहरुलाई निर्देशन दिइन् । सम्पूर्ण उपस्थित निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त छलफलमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी , लेखा अधिकृत प्रदिप सुनार र निर्माण व्यवसायीको उपस्थिति रहेको थियोे ।